‘मनको क्यानभासमा’ रमेशप्रसाद गौतमको कवितासङ्ग्रह हो । कामनपा-१३, बाफल काठमाडौंका मोहनध्वज जोशी प्रकाशक रहनुभएको यो पुस्तक यही वर्ष अर्थात् २०८१ सालमा प्रकाशित भएको छ । सर्वाधिकार कवि स्वयंमै रहेको यस पुस्तकको यो पहिलो संस्करण हो । यो ५०० को सङ्ख्यामा छापिएको छ । २०८१ सालको गुरुपूर्णिमाको सन्दर्भ पारेर साउन ६ गते प्रकाशित पुस्तकको मुद्रण मल्टी ग्रफिक प्रेस प्रा.लि.बाफल काठमाडौंमा भएको छ । डिएमआई साइजको पुस्तकको छपाइ स्तरीय छ र अशुद्धिहरू कमै भेटिन्छन् । भूमिका खण्डमा २४ र पाठ्य खण्डमा ११८ गरी यस पुस्तकमा जम्मा १४२ पृष्ठ छन् भने पुस्तकको मूल्य २५० रुपैयाँ छ ।
यस सङ्ग्रहका कविताहरूमा विविधता पाइन्छ । मानिका जीवनका बाल्याकाल, जवान, बुढ्यौलीलाई कवितामा समेटिएको छ । मानव जीवनका विभिन्न अवस्था र स्थिति, रिस, राग, अहङ्कार, हर्ष विस्मात् जस्ता अवस्था पनि कवितामा समेटिएका छन् । यसैगरी अग्रज तथा मान्यजनप्रतिको सम्मान प्रकट भएका कविता यस पुस्तकमा छन् ।
पुस्तकको आवरण आकर्षक छ । हिमालल पहाडल नदी, मानिस, रूख, घरको आकर्षक कला रहेको आवरणको माथि ठूला पहेँला अक्षरमा पुस्तकको शीर्षक ‘मनको क्यानभासमा’ र तल साना अक्षरमा कविताको नाम लेखिएको छ । पृष्ठ आवरणमा फोटोसहित कवि गौतमको विविध रूपमा परिचय छ । उहाँको व्यक्तिगत चिनारी, संलग्न रहेका संघसंस्थाहरू, प्रकाशित कृति, प्राप्त मानसम्मान, भ्रमण गरेका देशका नाम यस पृष्ठमा छन् । भूमिका खण्डमा भुवन ढुङ्गानाको ‘मेरो भन्नु’, पद्म देवकोटाको ‘कविता आश्वादन र मिठास’, फणीन्द्ररत्न बज्राचार्यको ‘सोचाइ र बुझाइ’, कवि गौतमका ‘रचनाकारका दुई शब्द’ रहेका छन् ।
यसपछि विषयसूची छ । यस सङ्ग्रहमा सत्तरीवटा कविताहरू समेटिएका छन् । कविका यहाँ सङ्गृहीत विविध विषयका कविताहरूलाई हेर्दा कविले अधिकांश कवितामा छोटा शीर्षक चयन गरेको पाइन्छ । कविले २९ वटा कविताको शीर्षक एक शब्दमा २६ वटा कविताको शीर्षक दुई शब्दमा सातवटा कविताको शीर्षक तीन शब्दमा एउटा कविताको शीर्ष चार शब्दमा छनोट गर्नुभएको छ । एउटा कविताको मात्र शीर्षक पाँच शब्दमा राखेकोबाट उहाँ छोटा शीर्षक चयन गर्न रुचाउनुहुन्छ भन्ने देखिन्छ । यस सङ्ग्रहमा उहाँका केही गजलहरू पनि समेटिएका छन् । गौतमका यस सङ्ग्रहमा समेटिएका कविताहरू सबै नै छोटा छोटा आयामका छन् ।
एक पृष्ठदेखि तीन पृष्ठसम्मको फैलावटमा सबै कविताहरू रहेको पाइन्छन् । एउटा कवितामात्र पाँच पृष्ठको फैलावटमा छ । यस अर्थमा शीर्षक छनोटदेखि कविताको आकारसम्ममा पनि कवि सचेत रहेको पाइन्छ भने भावका आधारमा पनि यस सङ्ग्रहका कविताहरूमा विविधता पाइन्छ । मानिका जीवनका विविधता बाल्याकाल जवान, बुढ्यौलीलाई कवितामा समेटिएको छ । मानव जीवनका विभिन्न अवस्था र स्थिति, रिस, राग, अहङ्कार, हर्ष विस्मात जस्ता अवस्थाहरू पनि कवितामा समेटिएका छन् । यसै गरी अग्रज तथा मान्यजनहरूप्रतिको सम्मान प्रकट भएका कविताहरू पनि यस पुस्तकमा छन् । आमाप्रतिको सम्मान प्रकट भएको कविता पनि यस सङ्ग्रहमा छ ।
समग्रमा भन्दा यस सङ्ग्रहका कविताहरूमा मानव, मानवता, समाज चित्रण, राष्ट्र, राष्ट्रियता, महामारी, मानिसमा विद्यमान संवेगहरू, जीवनदर्शन, राजनीतिप्रतिको अवहेलना, राजनीतिज्ञहरूप्रतिको आक्रोश, प्रकृति चित्रण, व्यङ्ग्य चेतनाजस्ता विविध विषय समेटिएका छन् । एक दर्जन पुस्तक प्रकाशित गरिसक्नुभएका गौतमको यो पछिल्लो पुस्तक कवितासङ्ग्रहका रूपमा आएको छ । यसका लागि कवि गौतमलाई बधाई छ । कृतिको सफलताको कामना छ । आगामी दिनमा पनि उहाँबाट यस प्रकारका कृतिहरू आइरहुन्, उहाँलाई अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच