चितवन । नारायणगढ–मुग्लिङ्ग सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भाँसिएको छ ।
सडक दबेको कारण ठूला सवारीसाधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । सडक भाँसिएको ठाउँमा एउटा गाडी पल्टिएको छ ।
भाँसिएको ठाउँमा ग्रावेल फिलिङ्ग गरी मर्मतको कार्य हुँदै गरेकोले, उक्त सडक खण्डमा आवश्यक सावधानीका साथ सजकता अपनाई प्रयोग गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।
लगातारको बर्षाको कारणले गएराती यस सडकमा यातायातमा रोक लगाइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच