काठमाडाैं । शुक्रबार बिहानदेखि परेको अविरल वर्षाका कारण बागमती, अरुण, दुधकोशी र सुनकोशीसहित सात नदीहरुले खतराको तह पार गरेका छन् । बागमती र सुनकोशी नदी खतराको स्तरभन्दा माथिबाट बगिरहेका छन् भने पानी बढ्नेक्रम रोकिएको छैन ।
शनिबार राति साढे १२ बजे सूचना जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले मुख्य यी सात नदी र यी नदीका सहायक नदीहरूमा पानीले जलसतह पार गरेको र बाढीको उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यस्तै अरुण, दुधकोसी, सुनकोशी, बागमती, नारायणी, तिनाउ, बाणगंगा र तिनका सहायक नदीहरूमा पानीले जलसतह पार गरेको छ । यी सबै नदीहरूले लगभग चेतावीस्तर पार गरिसकेका छन् ।रुण, दुधकोसी, नारायणी, तिनाउ र बाणगंगा नदीहरूमा सतर्कताको थ्रेसहोल्ड पार गरिसकेका छन् ।
महाशाखाले बाढीको जोखिम क्षेत्रमा रहेका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन र सतर्क भएर बस्न आग्रह गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच