झापा । अविरल वर्षापछिको बाढी र डुबानका कारण झापामा २३८ घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवारका एक हजार ११७ जनालाई सुरक्षित स्थानमा सारिएको छ । यो तथ्यांक आज बिहानसम्मको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका १ बाङ्गेबजारका २५ घरमा स्थानीय कमल खोलाको बाढी पसेको छ । त्यसमध्ये १२ परिवारलाई कुञ्जिबारी बजारको टहरामा सारिएको छ ।
शिवसताक्षी नगरपालिका १० बिहानीटोलमा कन्काई नदीले कटान गर्दा त्यहाँका १५ मध्ये जोखिममा परेका ६ परिवारलाई स्थानीय मुक्तिघाट भवनमा सारिएको छ ।सोही नगरपालिका ७ होलीटोलका डम्बर ताजपुरियाको एक तले घर डुबेपछि ताजपुरिया परिवारलाई छिमेकी ढेना मुर्मूको घरमा सारिएको प्रहरीले जनाएको छ ।
बिर्तामोड नगरपालिका ३ सिर्जनाटोलमा अँधुवा खोलाको बाढीबाट विस्थापित १७ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । विस्थापित बिर्तामोड ५ भुसुनेका शान्तिकुमारी गुरुङको परिवारलाई छिमेकीको घरमा सारिएको छ।
सोही वडाको ५ नमुनाटोल र ४ को मान्डाटोलका ६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बिर्तामोड नगरपालिका ८ को बाह्रबिघेका तीन परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
कनकाई नगरपालिका ३ झर्नाबस्तीमा सन्काखोला र सुरुङ्गाखोलाको पानी पसेर विस्थापित बनेका ११ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
बाह्रदशी गाउँपालिका ४ मुन्सी कामतको सन्थाल टोलका ११ घरमा पानी पसेपछि समिम अख्तरको सटरमा सारिएको छ । सुरक्षित सुरक्षित राखिएको प्रहरीले जनाएको छ । सोही गाउँपालिका २ को सुकुमबासीबस्तीको २४ घरमा पानी पसेपछि छिमेकीको घरमा सारिएको छ ।
त्यसैगरी हल्दिबारी गाउँपालिका २ खर्साङचोकका १३ घरपरिवारलाई छिमेकी र रेडक्रस भवनमा सारिएको छ । भद्रपुर नगरपालिका ६ र्वपट्टी डाँगडोरा खोलाको बाढी दुईवटा घरमा पसेको छ । विस्थापित उनीहरूलाई मोरान बोर्डिङ स्कुलको भवनमा सारिएको छ ।
अर्जुनधारा नगरपालिका १ माटेका प्रविन राईको घर पहिरोमा परेको छ । राई परिवारलाई छिमेकीको घरमा सारिएको छ । झापा गाउँपालिका ६ चन्द्रबस्तीका ५३ घर विरिङखोलाको बाढी पसेर विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा राखिएको छ ।
भद्रपुर नगरपालिका ३ नयाँबस्तीका ३० घरमा पानी पसेको छ। उनीहरूकाई भद्रपुर नगरपालिका २ महेशपुरको स्वास्थ्य चौकीमा सारिएको छ । भद्रपुर नगरपालिका ४ मेचीगाउँका ६परिवार विस्थापित भएका छन् । उनीहरूल्लाई सुरक्षितस्थानमा सारिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच