गुल्मी। गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक जना मृत्यु भएको छ । मालिका गाउँपालिका वडा नम्बर–२, दर्लिङ अडारेकी २७ वर्षीय माया रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सोमबार दिउँसो आफ्नै घरको बाहिरी दलान लिप्ने क्रममा निजलाई अचानक करेन्ट लागेको थियो । मुसाले काटेर नाङगो रहेको बिजुलीको तारमा अचानक छुन गई करेन्ट लागेर उहाँ घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
करेन्ट लागेर गम्भीर घाइते निजको गुल्मी अस्पतालमा उपचारको क्रममा राती नै मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच