काठमाडौं । नेपाली रक ब्याण्ड् झिल्के एण्ड द कम्पनीले गीत ‘काठमाण्डु शहर’ को म्युजिक भिडियोलाई ‘थ्री सिटिज ट्रिलोजी’ को अन्तिम भागको रुपमा सार्वजनिक गरेको छ । यो भिडियोलाई व्याण्डले काठमाडौं, झापा र दार्जिलिङमा फैलिएका सांस्कृतिक प्रभावको समृद्धि मनाउने भावनात्मक संगीत भिडियोहरूको शृंखला मानेको छ । यो भिडियो उनीहरूको एल्बम ‘जवानीको जोश’को तेस्रो भिडियो हो । गीतका गायक तथा गीतकार स्टिभ देवान ‘थ्री सिटिज ट्रिलोजी’लाई ब्याण्डको आधारको मार्मिक अन्वेषणसँगै व्यक्तिगत इतिहाससँग जोडिएको दस्तावेज मान्छन् ।
‘मेरो परिवारको काठमाडौं, झापा र दार्जिलिङसँग गहिरो सम्बन्ध छ । हुर्कदै गर्दा, मैले यी विभिन्न स्थानहरूका परिवारहरूबाट विविध संस्कृतिहरूको अनुभव पाएँ, गीतबारे उहाँ भन्नुहुन्छ, ‘यी हरेक स्थानले मेरो बाल्यकालको सम्झना समेट्नुका साथै ब्याण्डको पहिचानलाई आकार दिने सांस्कृतिक, कलात्मक र सांगीतिक प्रभावहरूको प्रमाणको रुपमा काम गरेको छ ।’
‘जवानीको जोश’ एल्बमको कथासँग थ्री सिटिज ट्रिलोजी निर्वाध रूपमा मिलेको छ, जसले काठमाडौंमा द्वन्द्वकालको पृष्ठभूमिमा हुर्किएको एक युवकको जीवनको कथा बताउँछ । पहिलो भिडियो ‘१८२’, मार्च २८, २०२४ मा रिलिज भएको थियो, जसमा रक एण्ड रोल, पंक-रक, शु-गेज र अल्टरनेटिभ रकको तत्वहरू मिसाई गीतको शीर्षक विश्वव्यापी चर्चित ब्याण्ड ब्लिन्क १८२ प्रति समर्पित थियो ।
झापामा छायांकन गरिएको उक्त भिडियोले वास्तविकता र सपनाबीचको सीमानालाई पछ्याउँदै आफ्नो पहिचान खोज्ने युवकको चित्रण गरेको थियो । त्यसपछि रिलिज भएको ‘कान्छी तिम्रो नराम्रो बानी’ दार्जिलिङमा छायांकन गरिएको थियो, जसमा क्लासिक रकको धुनमा प्रेम र त्रासदीका विषयवस्तुहरू जोड्ने एक कथा प्रस्तुत गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच