काठमाडौं । राधिका कल्पितको कथासंग्रह ‘सम्मोहन’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरिएको हो । कथाका विषयमा लेखकहरू श्यामल, बिन्दु शर्मा, र हेम भण्डारीले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा श्यामलले ‘सम्मोहन’ लाई सामाजिक र मनोवैज्ञानिक दृष्टिकोणबाट सशक्त र आशलाग्दो कृति भएको जिकिर गर्नुभयो । ‘कथामा राजनीतिक प्रभाव नराखी सामाजिक यथार्थलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । पात्रहरूको मनोविज्ञानलाई मिहिन ढंगले चित्रण गरिएको छ,’ उहाँले भन्नुभयो ।
समालोचक बिन्दु शर्माले कथामा यथार्थ र अचेतनका दमित इच्छालाई सुन्दर तरिकाले प्रस्तुत गरिएको बताउनुभयो । उहाँले ‘सम्मोहन’लाई आदर्शको मुकुण्डो लगाएका पात्रहरूको संवेदनामा आधारित, मनोवैज्ञानिक गहिराइ भएको कृति भएको बताउनुभयो । गजलकार एवं कवि बाबु त्रिपाठीले सञ्चालन गरेको कार्यक्रमा पत्रकार हेम भण्डारीले कथाहरूले नेपाली समाजका पितृसत्तात्मक संरचनाको आलोचना गरेको र लैंगिक विभेदलाई उजागर गरेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच