
काठमाडौं । सरकारले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे जानकारी दिनुभएको हो । उहाँका अनुसार २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । १५८ जना घाइते भएका छन् । बाढी, पहिरो र डुवानबाट खानेपानीको संरचनामा तीन खर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ दुई अर्ब ५२ करोड क्षति भएको प्रारम्भिक अनुमान छ ।
त्यस्तै, उर्जातर्फ चार अर्ब, सिँचाइतर्फ दुई अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको छ । कृषि बालीमा भएको क्षतिको विवरण एक महिनाभित्र तयार पारिने मुख्यसचिव अर्यालले बताउनुभयो । खोज तथा उद्धार कार्य दुई दिनभित्र सक्ने र राहतलाई एकद्धार प्रणालीमार्फत वितरण गर्ने सरकारको योजना छ । घरबारविहीन भएकाहरूलाई सरकारले तोकेको स्थानमा अस्थायी आवास बनाउन दिइने मुख्यसचिव अर्यालले जानकारी दिनुभयो ।
यसैगरी, बाढी, पहिरो र डुबानले २१ जिल्ला प्रभावित भएका छन् । मुख्यसचिव अर्यालले प्रस्तुत गर्नुभएको विवरणअनुसार प्रभावित २१ जिल्लामध्ये काभ्रेपलञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला बढी प्रभावित छन् । उहाँले बाढी र पहिरोमा परेर २२४ जनाको मृत्यु भएको जानकारी गराउनुभएको छ । उहाँले सरकारको पहलमा चार हजार ३३१ जनाको बाढीपहिरो र डुबानमा परेकालाई उद्धार गरिएको जानकारी दिनुभयो ।
सरकारको पूर्व-तयारीभन्दा ठूलो विपद् आएकाले कमजोरी देखियो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पूर्व-तयारीभन्दा ठूलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमी कमजोरी भएको हुनसक्ने बताउनुभएको छ । उहाँले आगामी दिनमा त्यस्ता कुराहरूलाई सच्याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आहृवान गर्नुभएको हो । उहाँले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्ने धारणा राख्नुभयो । ‘यो सरकारको मात्रै होइन, सिंगो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ’ प्रधानमन्त्री ओलीले भन्नुभयोे, ‘कतिपय संरचनागत त्रुटिका कारण पनि क्षतिहरू भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीन रूपमा सबल संरचना बनाइनेछ ।’
‘यस्तो होला भन्ने अनुमान थिएन’
प्रधानमन्त्री ओलीले यतिबेला राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्ने बताउनुभयो । आफू अमेरिका भ्रमणमा हुँदा नेपालमा आएको प्राकृतिक विपत्तिका बारेमा निरन्तर सम्पर्कमै रहेर काम गरेको दाबी उहाँको थियो । सोमबार अपराहृन अमेरिकाबाट फर्किनुभएका प्रधानमन्त्री ओलीले गत असोज ११ र १२ गते आएको वर्षाका कारण भएको विपत्तिबारे जानकारी लिएर आफू तत्काल अमेरिकाबाट फर्किएको बताउनुभयो । ‘१० गते त्यस्तो भइसकेपछि ११ र १२ गते म त आउने तयारीमै थिएँ । १२ गते बिहानै पानी पर्दापर्दै अमेरिकाबाट हिँडेको हुँ । म यहाँ भइनँ भन्ने कुरा पनि मान्छेले उठाए,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले आफू त्यसबारे सबै कुरामा अलर्ट भएर सरकारका निकायलाई परिचालन गर्न निर्देशन दिएको बताउनुभयो । ‘म जानुअघि नै विपत्ति भएको होइन । ७ गते अलर्ट भइसकेपछि मेरो कुराकानी भइरहेको थियो । सरकारसँग पनि, मन्त्रीजीहरूसँग कुरा भएको थियो । सबै ठीक ढंगबाट जाने भन्ने थियो । मलाई पनि यस ढंगको अनुमान थिएन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिका सम्बन्धमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले अघिल्लो सरकारका पालामा नियुक्तिको प्रक्रिया सुरु भएको र त्यसमा उठेको अनियमितताका सवाल रोक्न आफूले आग्रह गरेको र आफूलाई कुनै पनि नियुक्तिबापत् कुनै लाभ लिनु आवश्यक नभएको स्पष्ट पार्नुभयो ।
गृहमन्त्रीको बचाउमा प्रधानमन्त्री
पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले गृहमन्त्री रमेश लेखकको बचाउ गर्नुभयोे । उहाँले बाढीमा फसेका मानिसहरूलाई गृहमन्त्रीले उद्धार गर्न नसकेको भनेर भएको आलोचनाको खण्डन गर्दै प्रारम्भिक सूचनाका आधारमा बोलेको विषयलाई अपराध र अयोग्यका रूपमा लिन नहुने बताउनुभयो । ‘मान्छे बगे, रेस्क्यु गर्न सकिएन भनेर त्यहाँका मानिसले जे रिपोर्ट दिए गृहमन्त्रीले त्यही बोल्नुभयो’, ओलीले भन्नुभयोे, ‘अलिक तल एकजना भाइले बचाउनु भएछ, उहाँलाई धन्यवाद ।’ प्रधानमन्त्रीले गृहमन्त्रीले बचाउन सकिएन भनेर दिएको अभिव्यक्ति स्थानीयले दिएको सूचनाका आधारमा भएको र कहिलेकाहीँ प्रारम्भिक सूचना गलत पनि हुनसक्ने बताउनुभयो । ‘जानकारी दिँदै नदिनु पनि राम्रो हुँदैन, कहिले कहिले प्रारम्भिक जानकारी राम्रो नहुन पनि सक
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच