सिन्धुली । वीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा अलपत्र यात्रुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । बाढीपहिरोका कारण सडकमै अलपत्र परेका ६ जना विदेशी नागरिकसहित ५९ जना यात्रुलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।
प्रहरी उपरिक्षक काफ्लेकाअनुसार राजमार्गको सुनकोशी गाउँपालिकाअन्र्तगत नेपालथोक दुम्जाबाट ३३ जना, रामटारबाट ५ जना, देवस्थानबाट ५ जना र लोकमार्गको फिक्कल गाउँपालिका खाङखाङबेसींबाट १६ जनालाई नेपाली सेना र प्राइबेट हेलिकोप्टरमार्फत उद्धार गरएको हो ।
जनप्रतिनिधि, स्थानीय नागरिक, नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको संयुक्त पहल तथा प्रयासमा सयौँ सवारी साधन र पदैल यात्रुलाईसमेत उद्धार गरिएको उहाँले बताउनुभयो ।
भन्नुभयो, “तीन दिनको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण सडक अवरुद्ध भएर सवारी आवागमन ठप्प भएपछि यात्रु जहाँ थिए, त्यही रोकिनु पर्ने अवस्था आयो । प्रहरीसहित सबै निकायको संयुक्त पहल र प्रसासमा बिच सडकमा रोकिएका यात्रुलाई समयमै गन्तव्य स्थानमा पठाउन सफल भयौँ ।”
हाल सडक अवरुद्ध भएर सवारी साधन नचलेकै कारण सिन्धुलीअन्र्तगतका सडकमा कोहीपनि यात्रु अलपत्र अवस्थामा नरहेका उहाँको भनाई छ । घरबाट कतै यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्नुका साथै प्रहरीसँग समन्वय गर्न अनुरोध गरिएको छ ।
हाल वीपी राजमार्गको नेपालथोकदेखी बर्दिबाससम्मको सडकखण्डमा सवारी साधन चल्न सक्छन् । नेपालथोकदेखि धुलिखेलसम्मको खण्डमा भएको अवरोध हटाएर सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने बताइएको छ । मध्यपहाडी लोकमार्गमा खसेको पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरी उपरिक्षक काफ्लेले बताउनुभयो ।
गत विहिबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले सिन्धुलीका मुख्य राजमार्गसहित भित्रि सडकहरुमा समेत क्षति गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच