प्रहरी परिसरमा एक दिने स्वास्थ्य शिविर

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरको आयोजना तथा जिल्ला अस्पतालको सहयोगमा प्रहरी परिसर भित्र एक दिने शिविर संचालन गरिएको छ ।

शिविरमा स्वास प्रश्वास, रक्तचाप, मधुमेह, दाँत लगायतको चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक नितेश कुमार सिंहले जानकारी दिनुभयो । शिविरमा करिव सय जनाको स्वास्थ्य जाँच भएको छ ।

शिविरमा भोजपुरका जिल्ला न्यायाधिश मणिराम न्यौपाने, प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरे, प्रहरी प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्री, निमित्त जिल्ला न्यायधिवक्ता नारायण प्रसाद घिमिरे लगायतको पनि सहभागीता रहेको थियो ।

प्रहरी परिसरमा आयोजित शिविर प्रभावकारी देखिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?