काठमाडौं । नेपाली क्रिकेटका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरियतामा दोस्रो स्थानमा उक्लिएका छन् ।
ऐरी टी-२० अलराउन्डरको विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएका हुन् ।
आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयताअनुसार दीपेन्द्र चार स्थानमाथि उक्लिएर दोस्रो स्थान पुग्न सफल भएका हुन् ।
नेपाली खेलाडीले आईसीसीको विश्व वरीयतामा हात पारेको यो अहिलेसम्मकै ठूलो सफलता हो ।
इङ्ल्यान्डका लायम लिभिङस्टोनमात्र दीपेन्द्रभन्दा अगाडि छन् । उनले अस्ट्रेलियाका मार्कुस स्टोनिस, जिम्बाब्वेका शिकन्दर राजालगायतका स्टारलाई पछाडि पारेका छन् ।
तेस्रो स्थानमा अस्ट्रेलियाका मार्क्स स्टोइनिस, चौथोमा जिम्बावेका सिकन्दर रजा र पाँचौं स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा छन् ।
कुशल मल्ल ४०औं स्थानमा हुँदा नेपालका कप्तान रोहित पौडेल ५४औं स्थानमा छन् । यस्तै गुल्शन झा ५६औं र कुशल भुर्तेल ६०औं स्थानमा छन् । करण केसी ७१औं स्थानमा छन् ।
टी-२० बलरको वरियतामा दीपेन्द्र ७१औं स्थानमा छन् । सोमपाल कामी ९१ स्थानमा छन् ।
ब्याटिङतर्फ दीपेन्द्र ४३औं नम्बरमा छन् । रोहित पौडेल ६१औं, आसिफ शेख ७०औं र कुशल मल्ल १००औं स्थानमा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच