काठमाडौं । २०८० को मदन पुरस्कार मोहन मैनालीको 'मुकाम रणमैदान' लाई प्रदान गरिएको छ ।
बिहीबार मदन पुरस्कार गुठीले आयोजना गरेको एक समारोहका बीच अध्यक्ष कुन्द दीक्षितले मदन पुरस्कार 'मुकाम रणमैदान' र जगदम्बा-श्री प्राडा. योगेन्द्रप्रसाद यादवलाई प्रदान गरिएकाे छ। मैनालीको पाँचौँ पुस्तक 'मुकाम रणमैदान' नेपाल-अंग्रेज युद्धको इतिहास हो ।
यसअघि उहाँका ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ पुस्तक प्रकाशित छन् ।
जगदम्बा श्री २०८० पाउने प्राडा यादव भाषाशास्त्री हुनु हाे । सिरहाका स्थायी बासिन्दा रहनुभएका प्राध्यापक यादवको सम्पादनमा भाषासम्बन्धी विभिन्न पुस्तक प्रकाशित समेत छन् ।
दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ रहेको छ ।
२०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ मध्येबाट ८ साउनमा शीर्ष ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो ।
जसमा मैनालीको मुकाम रणमैदानसँगै भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ परेका थिए ।
मदन पुरस्कार २०१२ सालमा स्थापना भएको थियो। यो पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई दिइको थियो।
गुठीले २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनकै सम्झनामा जगदम्बा-श्री सम्मान स्थापना गरेको थियो । यो सम्मानबाट पहिलो पटक स्वर सम्राट नारायण गोपाललाई सम्मान गरेकाे थियाे । ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच