
खोटाङ । खोटाङमा मझुवागढी कालिका भगवति दोश्रो संस्करण अन्तर्गत खुल्ला अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।
एलाभेन ए साइडमा हुने प्रतियोगिता आगामी पुष २० गतेदेखि २७ गतेसम्म लफ्याङको रणजितमान राई खेलमैदानमा हुने भएको हो ।
प्रतियोगितामा सहभागिताका पुष १५ गतेसम्म टिम दर्ता गर्नुपर्ने र टिम दर्ता गर्न ५ हजार ५ सय रुपैयाँ लाग्ने असोज १७ गते दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको छ ।
प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १११, उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्। सेमिफाइनलिष्ट दुई टीमले जनही ३५ हजार ५५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगिताको उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिड प्लेयर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई जनही नगद पाँच हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने नमुना स्पोर्टस क्लब लफ्याङका अध्यक्ष सविन राई बिज्ञानले बताउनुभयो ।
वडा कार्यालय लफ्याङको आयोजना तथा नमुना स्पोर्टस क्लब लफ्याङको सहआयोजनामा हुने प्रतियोगिता सम्पन्न गर्न १७ लाख खर्च लाग्ने अनुमान गरिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच