जुम्ला । स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार जुम्लाका क्रियाशील पत्रकार मानदत्त रावललाई प्रदान गरिएको छ । स्व.दीपबहादुर स्मृति छनोट समितिको बैठकले यस वर्षको पुरस्कार पत्रकार रावललाई शनिबार एक कार्यक्रमकाबीच प्रदान गरेको हो । उक्त पुरस्कारको राशी दश हजार रहेको छ । पत्रकार रावल जुम्लामा बसेर बिगत डेढ दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएकाछन् ।
उनी नयाँ पत्रिका, कर्णाली पोष्ट, कर्णाली मिसन अनलाइनमा कार्यरत छन् । रावल इन्सेक जुम्ला प्रतिनिधि समेत हुन । हरेक वर्ष कर्णाली क्षेत्रबाट क्रियाशील पत्रकारलाई सो पत्रकारिता पुरस्कार प्रदान गरिँदै आएको छ । स्व. दीपबहादुर स्मृति प्रतिष्ठान, जुम्लाले हरेक वर्ष जुम्ला र बाँके जिल्लामा क्रियाशील पत्रकारिता गरिरहेका सक्रिय पत्रकारलाई पाँच हजार र दश हजार राशीको पुरस्कार वितरण गरेको प्रतिष्ठानले जनाएको छ ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जिल्लाको पत्रकारिता क्षेत्रमा यस स्व.दीपबहादुर स्मृति प्रतिष्ठानले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयाे । स्थानीय तहले प्रतिष्ठानलाई आवश्यक सहयोगसमेत गर्ने बताउनुभयो । यहाँका क्रियाशील पत्रकारलाई थप पत्रकारिता गर्न प्रतिष्ठानको योगदान रहने तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलको भनाइ छ ।
जुम्लाका प्रजिअ राम बहादुर शाहीले जिल्लाको विकासका लागि सबै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयाे । प्रतिष्ठानको समग्र विकासका लागि वडा सरकारले आवश्यक सहयोग गर्न तयार रहेको तातोपानी गाउँपालिका-६ का वडाध्यक्ष विशाल खड्काले जानकारी दिनुभयो । प्रतिष्ठानका अध्यक्ष शुभाकर विश्वकर्माले पुरस्कारको स्थापनाले कर्णालीलगायत विकास विकट भूगोलबाट समाचार लेखनमा सक्रिय पत्रकारलाई उत्साहित गर्ने मुख्य उद्देश्य रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ निःवर्तमान केन्द्रिय सदस्य पूर्ण प्रसाद चौलागाई, प्रेस सेन्टर जुम्लाका अध्यक्ष विजय रावत र प्रेस यूनियन जुम्लाका अध्यक्ष प्रकाश उपाध्यायलगायतले शुभकामना मन्तव्य राखेका थिए । यसअघि जुम्लाका पत्रकार सागर परियार, विजय रावत र बाँकेका पत्रकार अनिता विश्वकर्मा र कल्पना शाहीलाई पुरस्कार प्रदान गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच