इलाम । शुक्रवारदेखि अवरुद्ध मेची राजमार्गको इलाम राजदुवाली खण्ड मंगलवार साँझदेखि संचालनमा आएको छ ।
माईखोला पुलछेउ भत्किएको सडकमा ग्याविनजाली भरेर सडक खुलाइएको हो । त्यस्तै त्यसमाथि दविएको सडकको विकल्पमा नजिकैबाट करिव ६० मिटर नयाँ ट्रयक निर्माण गरिएको छ । निरन्तर दब्ने समस्या रहेको त्यो क्षेत्रमा तत्काल सडक खुलाईएपनि जोखिम कायमै छ ।
दशैँको मुखमा सडक अवरुद्ध हुँदा इलामसहित पाँचथर, ताप्लेजुङ, झापा र तेह्रथुमको आठराई क्षेत्रका वासिन्दालाई आउजाउमा प्रत्यक्ष असर परेको थियो । त्यस्तै साविक मेची पहाडी जिल्लामा उपभोग्य सामाग्रीको अभाव हुनका साथै यहाँ उत्पादित सामाग्री पनि वाहिर जान नसक्दा समस्या छ ।
तत्कालाई साना सवारी साधन राजदुवाली खण्ढवाट संचालन भए पनि ठूला सवारीका साधन भने अझै चल्ने अवस्था छैन । विकल्पकोलागि केचना कंचनजंघाका सडकको इलाम भञ्ज्याङबाट माई नगरपालिका हुँदै झापा झर्ने सडक र तिल्केनी सिमलगोलाई सडकलाई खुलाउने प्रयास पनि जारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच