
मड्रिड । बार्सिलोनाका स्ट्राइकर फरान टोरेस हृयममिस्ट्रिङ चोटका कारण मैदानबाहिर रहने हुनुभएको छ । उहाँलाई गत सोमबार भएको ला लिगको खेलमा चोट लागेपछि अनिश्चित समयका लागि मैदानबाट बाहिर रहने क्लबले जानकारी दिएको हो ।
२४ वर्षीय टोरेसले अब स्पेनको राष्ट्रिय टोलीबाट नेसन्स लिग खेल्ने अवसर पनि गुमाउनुभएको छ । पछिल्लो समय युरोकप जितेको स्पेनको टोली अहिले निकै बलियो अवस्थामा छ । तर, टोरेस नभएपछि स्पेनलाई सहज हुने छैन । स्पेनले नेसन्स लिगमा डेनमार्क र सर्बियासँग खेल्ने तालिका छ ।
प्रशिक्षक डि ला फुन्टेले टोरेस कति समय मैदान बाहिरने रहने स्पष्ट नपारे पनि मिडिया रिपोर्टका अनुसार उहाँ ६ महिनादेखि आठ महिनासम्म बाहिर रहने बताइएको छ । उहाँको दायाँ खुट्टाको बाइसेप फिमोरमा चोट लागेको मेडिकल रिपोर्टमा उल्लेख छ ।
उहाँले यो सिजन १० खेल खेलिसक्नुभएको छ । बार्सिलोना अहिले खेलाडीको चोटको समस्याबाट गुज्रिरहेको छ । उसका ड्यानी ओल्मो, गाभी, फरमिन लोपेज र रोनाल्ड अराउजो जस्ता खेलाडीलाई चोट लागेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच