काठमाडौं । नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खो खो प्रतियोगितामा मंगलबार भारत विजयी भएको छ । पुरुषको चार खेलको शृंखलामा भारत ४-० ले विजयी भयो । नेपाल खो खो संघको आयोजनामा कीर्तिपुरको नयाँबजारस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिलामा दुई खेल भएको थियो । दुवैमा भारतले बाजी मार्यो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, भारतीय खो खो महासंघका महासचिव एमएस त्यागी, आयोजक खो खो संघका अध्यक्ष प्रदीप महर्जन, खो खो संघका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । नेपाल र भारतको राष्ट्रिय टोलीबीच प्रतिस्पर्धा भएको वरिष्ठ उपाध्यक्ष शाहीले जनाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच