मनहरी गाउँपालिकाले गर्‍याे दुग्ध उत्पादक किसानको भुक्तानी सुनिश्चितता

मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 3 mins

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले दुग्ध उत्पादक किसानको दूधको रकम हरेक १५ दिनमा भुक्तानीको सुनिश्चितता गरेको छ । गाउँपालिकाले सहकारीमार्फत दूध खरिद गरी उद्योगसँग बजारीकरणको व्यवस्था मिलाएको हो ।

विगत २ महिनादेखि कार्यविधि निर्माण तथा उद्योग र सहकारीसँगको छलफलपछि गाउँपालिकाले मंगलबार हेटौंडा डेरी इन्डस्ट्रिजसँग सम्झौता गरेको हो । सम्झौता अनुरुप गाउँपालिकाले कृषीउपज संकलन तथा बिक्री केन्द्र स्थापना गरी सहकारीसँग दूध खरिद गर्ने र उद्योगलाई बिक्री गर्ने सम्झौता गरिएको हो ।

हाल मनहरी गाउँपालिकामा क्रियाशील ६ वटा सहकारीमार्फत दैनिक ७ हजार लिटर भन्दा बढी दूध संकलन भइरहेको छ । संकलित दूध मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ मार्फत बिभिन्न उद्योगहरुमा बिक्री हुने गरेको छ । उद्योगले भुक्तानी नदिँद हाल कृषकहरुले ३ महिनासम्मको भुक्तानी पाएका छैनन् ।

पशुलाई आहारसँगै जिविकोपार्जनमा समेत सहयोग पुग्ने यो व्यवसाय समयमा दूधको भुक्तानी नपाएकै कारण धेरै कृषकहरु पलायन भएका छन् । यो सम्झौतामार्फत कृषकहरुले सहकारीमार्फत् बिक्री गरेको दूधको रकम भुक्तानीको सुनिश्चितता गाउँपालिकाले नै गर्नेछ । आगामी कात्तिक १ गतेदेखि लागू हुने सम्झौता अनुरुप गाउँपालिकाले हरेक १५ दिनमा किसानको दूधको रकम सहकारीमार्फत् कृषकलाई भुक्तानी दिनेछ । गाउँपालिकाले भुक्तानी गरेको रकम हरेक एक महिनामा उद्योगसँग फिर्ता लिने जनाइएको छ ।

यसरी समयमै रकम भुक्तानी पाउँदा कृषकहरुलाई ठूलो राहत मिल्ने गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताउनुभयो । ‘दूध बिक्री गरेर मात्रै जिविकोपार्जन गर्नेहरुले ३-४ महिनासम्म भुक्तानी नपाउँदा धेर अप्ठेरो हुन्छ, सोही समस्यालाई मध्येनजर गर्दै गाउँपालिकालेले दूधको भुक्तानी समयमै पाउने व्यवस्था मिलाएका हौँ ।’ अध्यक्ष कालाखेतीले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?