✍️ चूडामणि कोइराला
‘आमा चाडपर्व त त्यतिखेर रमाइलो लाग्थो, तिमी आफू खाली खुट्टा हिनेर हामीलाई थानका लुगा किनेर सिलाइदिन्थेऊ, त्यति बेला हाम्रो नि जिम्मेवार तिमीमै रहेछ र हामी खुसी भएका रहेछौँ । अहिले त आफ्नो जिम्मेवार आफैँमा भएर होला ! केही खुसी र रमाइलो महसुस नै हुन्न आमा । चाडपर्व पनि नआए हुन्थो जस्तो लाग्छ आज त आमा ।’ यो भनाइ निस्मा खतिवडाको फेसबुक वालबाट साभार गरिएको हो । सायद समयले सबैलाई बन्धन बनाएको हुन्छ । त्यही बन्धनको गाँठोबाट नफुकेको गाँठो सधैँ त्यो कहाँ गाँँठोको डल्लो बनिरहन्छ र । आखिर समय न हो परिवर्तन हुन्छ । हामी नेपाली अधिकांश ग्रामीण परिभेषमै रहेका छौँ । व्यथा, कथा र अवस्था जे भए पनि उमंग भनेकै हामी सबैको चाडको सार्वोत्कृष्ट पर्व दशैँ नै त हो ।
गरिब होस् या धनी दशैँ एउटै हो । दशैँलाई कसले पो फरक रूपमा तुलना गर्न सक्छ । आफ्ना शैली फरक होलान् तर हामी सबैले मान्ने दशैँ यही हो । सबै नेपालीको आर्थिक पक्षलाई एउटै रूपमा दाँज्न मिल्दैन तर भएर खाने, हुने भएर खाने र गरेर खानेका आफ्नै अन्तरकथा, व्यथा र पीडा छन् । जेहोस् बाहिरी उमंग प्रायः सबैमा देख्न सकिन्छ । भित्र त धनाढ्यको पनि मन किन चसक्क नबन्ला ! व्यवसायमा लागानी अनि कर्मचारी वा कुल्ली कामदार, ज्याला मजदुर । तिनको पनि त दैनिकी वा मासिक हिसाब त छ । व्यवसायमा लगानीको पैसा उठे–नउठे पनि कर्मचारीको त दिन गन्ती छँदै छ । वर्ष दिनको यही दशैँमा रम्ने रमाउने आशमा अतीत बिर्सेर यो पालि त जे भए नि...भन्दै आफ्नै मनको लगाम हुन्छ । त्यही लगामले कतिलाई निराश बनाउँछ त कतिलाई उत्साह त्यो पनि पाएर काम गर्नेका लागि । न त उही ...हो जिन्दगी ।
साना-साना बालबालिकाका लागि बाबाआमाले दशैँमा नयाँ नाना र चाचाका लागि स्वीकरोक्ति गरेर दशैँ मनाएको यादको स्मरण छ । कस्तो मीठो हुन्छ त्यो बालापन, जतिखेर चाचा र नानाको लागि धक मारेर रोइन्छ । त्यो रुवाइलाई सहन नसकेर आमाले काखमा राखेर नानी वा बाबु, नरोऊ ल । नयाँ चाचा किन्दिन्छु नि !
यो दशैँ कतिले उत्साहसँगै मनाउँदै होलान्, कतिले दुःखले भरिएको हालै भएको विनाशकारी विपद्को सामनासँगै मनाउनुपर्ने भएको छ । कत्तिका लागि त आफ्नो जीवनमा जहाँ साँझ–बिहानको जोहोका लागि पनि हरेक पसिनासँग पौँठेजोरी गर्न दशैँले बाटो तताएको हुन्छ । जस्तोसुकै होस् चाहे त्यो गरिब वा धनी, सबैको मनले स्वीकारेको छ शरद् ऋतुको वातावरणको पर्यायसँगको दशैँ । घरबाहिर तथा विदेशिएकाहरू पनि छुट्टै उमंग बोकेर गाउँ फर्कँदै छन् । पारिवारिक सुमधुर यादलाई ताजा बनाउँदै आफन्तसँग भेट हुने आशाले आएको दशैँमा आफू जहाँ भए नि पारिवारिक त्यो भेटलाई स्मरण गराइरहेको हुन्छ । यसपालिको दशैँमा सबै नेपालीमा उमंग कमै होला । प्राकृतिक विपद्ले जनाइसकेको छ ।
निस्मा खतिवडाले आफ्नो बाल्यकालको स्मरणमा आमासँग भनेका र आजका साना-साना बालबालिकाका लागि बाबाआमाले दशैँमा नयाँ नाना र चाचाका लागि स्वीकरोक्ति गरेर दशैँ मनाएको यादको स्मरण छ । कस्तो मीठो हुन्छ त्यो बालापन, जतिखेर चाचा र नानाको लागि धक मारेर रोइन्छ । त्यो रुवाइलाई सहन नसकेर आमाले काखमा राखेर नानी वा बाबु, नरोऊ ल । नयाँ चाचा किन्दिन्छु नि ! सामु मुहार हेर्दै हेर्दै गर्दाको त्यो क्षणको उमंग ककसले भोग्नुभयो ? कति न्यानो अंगालो हुन्छ आमाको, कति माया भरिएको हुन्छ त्यो ममतामा । शब्दले र साहित्यकारले आजसम्म लेखेका पुस्तकमा पनि पूर्णता छैन ठोकुवाका साथ भन्न सकिन्छ । निस्मा त एउटा उदाहरणकी एक पात्र प्रस्तुत भइन् । सबैको यही नै हो बाला पनको त्यो दशैँ । अनि आउँछ र हुन्छ उमंगको दशैँ ।
निस्माको एउटै शब्दले के उजागर गर्दछ भने जसको जिम्मेवारी हो उसको दशैँ होइन । ऊ त अरूका लागि छाइदिने उमंग हो । उसको पीडा र व्यथा कसलाई थाहा छ । बच्चा रोइदिए भई गयो... जिम्मेवारी अनि सम्झन्छ । बालापनमा न कुनै पीर न त चिन्ता, जताततै खुसी खुसी । जे जस्तो भए पनि आर्थिक अवस्था कमजोर हुनेका लागि कुनै प्रकोपको महामारीभन्दा कमी छैन हामीले मान्ने दशैँ । कतिलाई त दशैँ होइन, दशा बनाएर आउँछ अनि जान्छ जस्तो लग्छ दशैँ । हराएका हाँसो, खुसी र उमंगको दशैँमा हामी सबैका लागि खुशी बनोस् ती दुःख, पीडा, जिम्मेवारीले छुट्कार लिन पनि त पावोस् । फेरि–फरि जिन्दगीमा आउँने दशैँ मेरो बाल्यकालमा मैले मनाएको नै दशैँ आइरहोस्, पहिलाको त्यो दशैँ त मरो उमंगमा थियो नै । तर उमेरसँगैको समयले जिम्मेवारी बोध गरायो । त्यो स्मरण त छँदै छ नि ! के त्यो दिन आउँला ?
दशैँ शक्तिको आयाम
दशैँको अर्को आयाम धार्मिक हो । आश्विन शुक्लपक्ष प्रतिपदा यही १७ गते घटस्थापनाको दिनदेखि घर-घरमा जमरा राखी दुर्गामाताको आहृवान गरी विधिवत् रूपमा हिन्दूहरूको दशैँ सुरु हुन्छ । प्रत्येक दिन दुर्गा सप्तशती पाठ हुन्छ । नौ दिनसम्म नवरात्रको रूपमा कतिले आफ्नै रीतिअनुसार विधिवत् पूजा–आराधना गरी मनाउने गर्दछौँ । दशैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुने भए पनि पहिलो नौ दिनलाई नवरात्रि र दशौँ दिनलाई दशमी वा दशैँ भनिन्छ ।
दशैँको अर्को आयाम धार्मिक हो । नवरात्र परम्परामा हाम्रा आफ्नै देवीदेवता छन् । नवरात्रमा उपासना गरिने देवी हाम्रै हिमालयकी छोरी शैलपुत्री पार्वती हुन् । ‘प्रथमम् शैलपुत्री च ।’ पार्वतीकै अर्को नाउँ दुर्गा हो । दुर्गाले कुनै कालखण्डमा महिषासुर, चण्ड-मुण्ड, शुम्भ, निशुम्भसँग युद्ध गरेको र विजय गरेको कथा मार्कण्डेय पुराण र देवी भागवतलगायत शास्त्रमा पाइन्छ । त्यो युद्ध आश्विन शुक्ल नवरात्रमै भएको थियो । दशमीकै दिन विजय प्रप्त भएको थियो । पुराण र सनातनीहरूका शास्त्रअनुसार वर्षमा चारपटक नवरात्र चाड आउँछ ।
दशैँ उत्सव हो । जति हामी दशैँको धार्मिक, सांस्कृति महत्वको दुष्टिले हेर्दछौं त्यस्तै आर्थिक हिसाबमा पनि उत्तिकै महत्व रहेको छ । विशेष गरेर हिन्दु नेपालीहरूले दशैँ मनाउने भए पनि अन्य समुदायमा समेत यसको प्रभाव पर्ने गरेका छन् । टीका र जमरा नलगाए पनि दशैँको बेलामा छुट्टी हुने भएकाले अरू बेलाभन्दा बढी खानपान र भेटघाट हुनेगर्छ । यसले आर्थिक चहलपहल बढी हुने गर्दछ ।
नेपालमा कुनै कालखण्डमा चैत्रमा र आश्विनमा गरी दुईपटक नवरात्र मनाउने चलन थियो । आज पनि चैते दशैँ मान्ने चलन कतिपय गाउँ-ठाउँमा हामीबीच रही आएको छ । नवरात्रमा दुर्गाको उपासना गर्न चाहनेहरूले नौ दिनसम्म चोखो खाएर दुर्गा स्थापना गरी पूजापाठ र पारिवारिक परमपरानुसार बलिपूजाको आयोजना गर्ने चलन थियो र छ । नवरात्रमा देवीको उपासना गर्नु नै दशैँको धार्मिक आयाम हो । दहीमा चामल र रातो अबिरले रंग्याएको टीका र घामले नभेट्टाएको ठाउँमा उमारेको नौ दिनसम्मको गहुँ र जौको उम्रँदै गरेको जमरामा मान्यजनले प्रदान गर्दै आशीर्वाद दिँदा पक्कै दशैँ आएको भान हुन्छ । सबैका निधारमा रातो टीका, कानमा पहेँलो जमरा । शायद यस्तो चलन कतै छैन यो संसारमा हामी हिन्दू धर्मावलम्बीका लागि अहोभाग्य नै हो । हिन्दू धर्म र दशैँ रातो वीरताको प्रतीक ग्रहण गर्ने चाड पनि हो ।
सत्यको जितमा अर्थको खेल
सबैको उत्साह र उमंगको चाड हुँदाहुँदै हामी आर्थिक अवस्थामा कमजोर भइयो भन्दैमा दशैँ रोकिँदा पनि रोकिन्न र पर्खेर पनि बस्तैन । दशैँ उत्सव हो । जति हामी दशैँको धार्मिक, सांस्कृति महत्वको दुष्टिले हेर्दछौं त्यस्तै आर्थिक हिसाबमा पनि उत्तिकै महत्व रहेको छ । विशेष गरेर हिन्दु नेपालीहरूले दशैँ मनाउने भए पनि अन्य समुदायमा समेत यसको प्रभाव पर्ने गरेका छन् । टीका र जमरा नलगाए पनि दशैँको बेलामा छुट्टी हुने भएकाले अरू बेलाभन्दा बढी खानपान र भेटघाट हुनेगर्छ । यसले आर्थिक चहलपहल बढी हुने गर्दछ । जसको जिम्मेवारी अर्थले बोकेको छ ।
हालै आएको वर्षात्को विपद्ले कतिको त दशा नै बनिरहेको छ । कतिको जनधनको क्षति भएको छ त कतिको भौतिक क्षति यो दशैँमा पीडाबोध गर्नेको संख्यामा कमी छैन । बाढीमा विपत्तिको सामना गर्ने हुन् वा प्रकृतिक प्रकोपबाट मृत्युवरण गरेका हुन् ती सबै परिवारजनका लागि पनि पीडामाथिको नजिक आएको दशैँ उत्सव त बन्न सकेन नै तर पनि उमंग चैँ बन्ने वातावरण बनोस् । तर के गर्ने त्यो विपद्को पीडा त कसले बिर्सन्छ र दशैँ आयो गयो विपद्को त्यो पीडा त बल्झिरहन्छ । हाम्रो समाज, हाम्रो धर्म, संस्कृति र रीतिरिवाज नै उत्सवमा कसैले दुःख देखाउनु हुँदैन भन्नेमै छ । समयअनुसार हाल दशैँ पैसाको पर्व बनेको छ । यही विपद्मा दशैँ आएको छ । यसरी दुःखसुख जसरी भए पनि दशैँको बेलामा मीठो खाने र राम्रो लगाउने परिपाटी भएकाले सानादेखि ठूला व्यवसाय गरेर बसेका व्यवसायीलाई आर्थिक रूपमा फाइदा हुनेगरेको छ ।
पैसा नहुनेहरूलाई दशैँमा धेरैले गन्दैनन्, मान्दैनन् यो अनुभव प्रायः सबैले भोगेकै छौँ होला । इज्जतका लागि आज हाम्रो दशैँ पैसामा रमेको छ । टीका लाउँदा पैसा धेरै दिनसक्छ भने अरूले उसको कदर गर्छन् । बराबरीका नातेदारमा कोही गरिब र कोही धनी छ भने आशीर्वाद र पैसा लिनका लागि धनीकै घरमा लाइन लाग्छ । गरिब दशैँमा पनि गरिबै ठहरिन्छ । ओल्लो घर आएको उही पाहुना उही दाइ–भाइको पल्लो घरमा फरक दृष्टिकोण र सवालमा छुट्टै भेष धारण गर्दछ । त्यहाँ आर्थिक अवस्थाले फरक पारिरहेको हुन्छ । हामी सत्यको जितको उत्सव मनाउँदै आएका छौँ र जितकै उत्सव मनाइराखेका छौँ । यस्तो पनि हुनसक्छ कि कतै हामी सत्यलाई झुट र झुटलाई सत्य भनिराखेका त छैनौँ ? दशैँ सधैँ दशैँ नै बनोस्, पीडाबोध हुनेहरूलाई पनि पीडा बिर्सन सक्ने शक्ति प्रदान गरून् भवानी दुर्गा माताले जगत् भलो बनोस्, विजया दशमी २०८१ सालको हार्दिक मंगलमय शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच