दराज ११.११ लाई एसबिआई बैंकको साथ

Read Time = 1 min

काठमाडौं । नेपाल एसबिआई बैंक र दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११ः११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र दराजका विद्युतीय भुक्तानी तथा साझेदार विभागका प्रमुख अरुण फुँयालले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार नेपाल एसबिआई बैंकका डेबिट कार्ड प्रयोगर्कताले दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम् १५ प्रतिशत वा २५ सयसम्मको छुट र क्रेडिट कार्ड प्रयोगकर्ताले दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम् २० प्रतिशत वा तीन हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो योजना कात्तिक २५ गतेदेखि लागू हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?