तनहुँ । बडादशैँको दशौँ दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । कारागारमा बडादशैँको दिन साँझ ५ः३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो ।
सोक्रममा ८३ जना कैदीबन्दीले टीका लगाएको तनहुँ कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘दुई सय ३७ जना आफन्तजनले कैदीबन्दीसँग भेट गर्दैं दशैँ मनाएका छन्। दशैँ मनाउन पाउँदा कैदीबन्दी खुसी भएका छन् ।’
विभिन्न अपराधमा सजाय भोग्न कारागारमा रहेका कैदीबन्दीले आफन्तसँग टीका लगाउन पाउँदा खुसी व्यक्त गरेको अधिकारीले उल्लेख गर्नुभयो । कारागारमा रहेका कैदीबन्दीले दशैँ मनाउनका लागि रकम सङ्कलन गरेका थिए। सोही रकमबाट उनीहरुले खसीको व्यवस्थापन गरेका थिए । सरकारले दशैँ मनाउका लागि प्रति कैदीबन्दी तीन सय रुपैयाँ र लत्ताकपडा बापत दुई हजार पाँच सय रुपैयाँ उपलब्ध गराएको थियो ।
केही कैदीबन्दीले मूढा विक्री गरेर समेत दशैँ खर्च जुटाएका थिए । तनहुँ कारागारमा तीन सय ३० कैदीबन्दी छन् । उनीहरूलाई कारागारभित्र रहेका दुई वटा ब्लकमा व्यवस्थापन गरिएको छ । रासस ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच