
काठमाडौं । डिजिटल एण्ड विओण्डले नेपालका कक्षा कोठामा नयाँप्रविधि ल्याउन रास्पबेरी पाई फाउन्डेशनसँग सम्झौता गरेको छ। नेपालका शिक्षक तथा विद्यार्थीहरुलाई एआईका नवप्रवर्तकको अर्को पुस्ताको सिप सिकाउने उदेश्य अनुसार दुई कम्पनीबीच सम्झौता भएको हो । सम्झौता अनुसार नेपालका युवाहरुलाई भविष्यमा प्रविधि विशेषज्ञ बन्ने अवसर समेत प्रदान गरिने छ । जसका संयुक्त रुपमा एआई साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताइएको छ ।
एक्सप्रेन्स एआई, रास्पबेरी पाई फाउन्डेशन गुगल डिपमाइन्टद्वारा संयुक्त रुपमा विकसित गरिएको कार्यक्रमले नेपालको सिप विकासमा ठूलो प्रभाव पार्ने छ । एआई साक्षरता कार्यक्रममाले ११ देखि १४ वर्ष उमेर समूहका विद्यार्थीलाई एआईको आधारभतू कुरा र एआई प्रणालीका आलोचनात्मक उपभोक्ता र जिम्मेवार सिर्जना कर्ता बन्न सहयोग पुग्ने विश्वास कम्पनीको छ ।
एआई साक्षरताले करिअरका विभिन्न अबसरहरु सिर्जना गर्नुको साथै चुनौतीहरुको सामना गर्न समेत सहयोग पुग्ने कार्यक्रममा सञ्चालकको दाबी छ ।
एक्सप्रेन्स एआई कस्तो कार्यक्रम हो ?
यो कार्यक्रममा गुगलद्वारा रास्पबेरी पाई फाउन्डेशनलाई एआई साक्षरता सम्बन्धी कक्षा सञ्चालन गर्न दिएको कोषबाट सञ्चालित विश्वव्यापी कार्यक्रम हो । यो कार्यक्रममा पठनपाठनका लागि रास्पबेरी पाई फाउन्डेशन र गुगल डिपमाइन्डले साझेदारीमा तयार गरेका हुन् ।
एक्सप्रेन्स एआईले कसरी गर्छ काम ?
यस कार्यक्रममा सहभागी हुन शिक्षकहरुलाई खुल्ला आब्हान गरिने छ । प्रथम चरणमा छानिएका शिक्षकहरुलाई सात घण्टे तालिम दिइने छ । शिक्षकको सिकाई अनुरुप यही कार्यक्रम विद्यार्थीसम्म लगिने छ ।
एक्सप्रेन्स एआई कार्यक्रम कस्का लागि हो ?
यो कार्यक्रम शिक्षक र ११ देखि १४ वर्ष उ मेर समूहका विद्यार्थीका लागि तयार गरिएको एआई साक्षरता कार्यक्रम हो ।
कसरी सहभागी हुने ?
यस कार्यक्रममा सहभागी हुने शिक्षकहरुलाई मंसिर पहिलो हप्ता अफिसियल लन्च कार्यक्रम मार्फत आब्हान गरिने छ । प्रत्येक कार्यक्रमका समाचारहरु संस्थाको बेवसाइट र फेसबुकमा राखिने छ । त्यसबाट पनि थप जानकारी लिन सकिने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच