
खोटाङ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा साविक बासपानी गाविस–७, हाल केपिलासगढी गाउँपालिका–३ बासपानीका ४१ वर्षीय सोमराज राई छन् ।
असोज १६ गते सुनसरीको धरान उपमहानगरपालिका–११ धरानस्थित आफ्नै घरमा लुकिछिपी बसिरहेको भन्ने सूचनाको आधारमा सोमराजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक एवंम् सूचना अधिकारी मोहन पोखरेलले जानकारी दिनुभयो ।
पक्राउ परेका सोमराजलाई बिहीबार जिल्ला अदालत खोटाङमा पेश गराएर कैद भुक्तानका लागि सोही दिन जिल्ला कारागार पठाईएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सोमराजले जाहेरवाला रामशंकर राईको १९ वर्षीय छोरा पूर्णबहादुर राईलाई २०५७ पुस १४ गते कर्तव्य गरी मारेका थिए । रामशंकरको जाहेरीका आधारमा जिल्ला अदालत खोटाङले २०५८ माघ २ गते सोमराजविरुद्ध कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सुनाएको थियो । तर,उनी फरार थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच