
साउदी अरब । कप्तान क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलसँगै अल नासर साउदी प्रो लिगको शीर्ष दुईमा उक्लिएको छ । अल-शबाब क्लब स्टेडियममा घरेलु टोली अल-शबाबलाई नासरले २-१ ले पराजित गरेको हो । जितसँगै नासरले शीर्ष स्थानको डिफेन्डिङ च्याम्पियन अल हिलालसँगको अंक दूरी चारमा झारेको छ । सात खेलबाट अल हिलालले २१ अंक पुर्याएको छ । नासरको भने १७ अंक छ । पाँचौँ स्थानमा रहेको शबाबको समान खेलबाट १२ अंक छ ।
नासरको जितमा एमेरिक लापोर्टे र रोनाल्डोले गोल गर्नुभयो । ६९औँ मिनेटमा लापोर्टेको गोलमार्फत् पाहुना टोली नासरले सुरुवाती अग्रता लिएको थियो । तर, ९०औँ मिनेटमा नासरका अली अल हसनले आत्मघाती गोल गरेपछि शबाब खेलमा फर्किएको हो । यद्यपि, इन्जुरी समयको सातौँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत् गोल गर्दै नासरलाई महत्वपूर्ण तीन अंक दिलाउनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच