
काठमाडौं । नेपालकी अञ्जली तामाङले अस्ट्रेलियामा भएको भिक्टोरिया स्टेट केपिएनपी ओपन तेक्वान्दो सिरिजमा स्वर्ण पदक जित्नुभएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा भएको तेक्वान्दो सिरिजमा अञ्जलीले ग्यरोगीतर्फ महिला ६२ केजी तौल समूहमा स्वर्ण जितेको गोर्खा तेक्वान्दोका प्रशिक्षक उज्ज्वल गुरागाईँले जानकारी दिनुभएको हो ।
भिक्टोरियास्थित क्रेगबर्न स्पोर्ट्स स्टेडियममा भएको फाइनलमा अञ्जलीले अस्ट्रेलियाकै फिडोर पाकलाई १२-३ स्कोरले हराउनुभयो । त्यसअघि उहाँले पहिलो चरणमा नेपालकै सन्ध्या सिंहबाट बाई पाउनुभएको थियो । सेमिफाइनलमा पनि उहाँले अस्ट्रेलियाकै इसाबेल पाभियालाई १५-५ ले हराउँदै फाइनलमा स्थान बनाउनुभएको थियो ।
नेपाल आर्मीका पूर्वखेलाडीसमेत रहनुभएका प्रशिक्षक गुरागाईंले यसै प्रतियोगिताका लागि अञ्जलीले धेरै मिहिनेत गर्दै उत्कृष्ट प्रदर्शन गरेको बताउनुभयो । अञ्जलीले लामो समयदेखि ४९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै आइरहनुभएको छ । उहाँले चीनमा सम्पन्न १९औँ एसियन गेम्समा पनि यसै तौल समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो । उक्त एसियन गेम्समा अञ्जलीले एक फाइटसमेत जित्नुभएको थियो । तर, अन्तिम आठमा भने उहाँ थाइल्याण्डकी पानिपाक वाङफातानकितसँग पराजित हुनुभयो । पानिपाकले सोही एसियाडमा स्वर्ण पदक पनि जित्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच