
काठमाडौं । चलचित्र ‘पूजा, सर’को कार्यकारी निर्माताको रूपमा भारतीय निर्देशक अनुराग कश्यप जोडिनुभएको छ । ‘मेरो लागि यो गर्वको कुरा हो । म पूजा, सरको निर्माण टिममा जोडिएको छु’ कश्यपलाई उद्धृत गर्दै हलिउड म्यागजिन भेराइटीले उल्लेख गरेको छ, ‘यो एक मार्मिक र सान्दर्भिक विधाको फिल्ममात्र होइन । म विश्वस्त छु कि यसले भारतीय दर्शकको आवाज पनि भन्नेछ ।’
‘सेतो सूर्य’ हेरेपछि आफू निर्देशक दीपक रौनियारको फ्यान भएको र उहाँले गर्ने आगामी कामलाई लिएर आफू उत्सुक रहेको समेत कश्यपले बताउनुभएको छ । ‘दीपक र मीन भाम नेपालका दुई रोमाञ्चक आवाज हुनुहुन्छ । उहाँहरू आउन बाँकी रहेको नेपाली सिनेमाका अग्रणी व्यक्ति समेत हुनुहुन्छ’ कश्यपले भन्नुभएको छ ।
यो चलचित्र नेपालका सिनेमाघरमा चैत १ गते (१४ मार्च, २०२५)मा प्रदर्शनमा आउने भएको छ । बेलायत र आयरल्याण्डको वितरण अधिकार ‘च्यानल ४’ले खरिद गरेको छ । यसवर्षको सुरुमा इटालीको भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको यो चलचित्र दक्षिण कोरियाको बुसान फेस्टिभलमा हालै स्क्रिनिङ भयो । भारतको मुम्बई फिल्म फेस्टिभलमा समेत छनोट भएको छ ।
चलचित्रमा आशा मगराती, दयाहाङ राई, निकिता चाण्डकलगायतको अभिनय छ । यो चलचित्रको निर्माणमा रौनियारको आदि फिल्मस्, रामबाबु गुरुङको बाँसुरी फिल्मस् र एलन आर मिलिगनको ट्यानहाउजर गेटले सहकार्य गरेको छ । स्विट्जरल्याण्ड, जर्मनी र अष्ट्रियाजस्ता देशमा पनि बिक्री भइसकेको ‘पूजा, सर’ सत्य घटनाबाट प्रेरित रहेको जनाइएको छ । चलचित्रले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच