काठमाडौं । आज नेकपा (माओवादी केन्द्र)सहितका विपक्षी दलहरुले सरकारलाई ज्ञापन पत्र बुझाउँदै छन् । आज अपरान्ह साढे ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापन पत्र बुझाउने बताइएको छ ।
विपद् व्यवस्थापनमा सरकार चुकेको र पछिल्ला राजनीतिक समसामयिक गतिविधिका बारेमा सरकारको ध्यानाकर्षण गराइने बताइएको छ ।
बाढीपहिरो पीडितलाई राहत तथा उद्धारमा भएको ढिलाइबारे प्रश्न गर्दै विपक्षी दलहरुले ज्ञापन पत्र बुझाउन लागेका हुन्।
गएको शुक्रबार बसेको प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी लगायतका दलको बैठकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो।
बैठकले ज्ञापनपत्रको मस्यौदा तयार गर्न माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाललाई जिम्मा दिएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच