
गुल्मी । गुल्मीको पश्चिम ग्रामीण भेग अग्लुङ्गमा स्थापना भएको द सनराईज युथ क्लबले सामाजिक कार्यसँगै विभिन्न खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ । “विकासका लागि पृथक अभियान, द सनराईजनको पहिचान” भन्ने मुल नारासहित २०७१ सालमा ग्रामीण भेगमा स्थापना भएको यस क्लबले समाजमा हुने गरेका विकास निर्माण लगायतका विभिन्न गतिविधिमा सहभागी हुँदै आएको छ ।
क्लबका निवर्तमान अध्यक्ष विवश विष्टले यहाँको विकास निर्माण तथा हरेक क्रियाकलापमा क्लबले निकै चासो दिनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको बताउनुभयो । क्लब स्थापना भएको दश वर्ष पुग्दासम्म सामाजिक काम पनि उत्तिकै सक्रियताका साथ लागेको उहाँको भनाइ छ ।
अहिले क्लबले आफ्नो दशौं वार्षिकोत्सव समेत मनाएको छ । यस अवसरमा भलिबल, प्राथमिक विद्यालयस्तरीय वत्तृmत्वकला, नृत्य, घैटोफोर, पुरुष रस्साकस्सा र महिला रस्साकस्सा प्रतियोगिताको अयोजना गरेको थियो । वृद्ध सम्मान र उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रमसमेत गरिएको क्लबका संस्थापक अध्यक्ष महेन्द्र जिसीले बताउनुभयो ।
भलिबल प्रतियोगितामा सहभागी १४ समूहमध्ये मदाने भलिबल क्लब प्रथम भएको छ । आयोजक संस्था द सनराईज युथ क्लब दोस्रो र किङ्स क्लब तेस्रो भएको छ । प्राथमिक विद्यालयस्तरीय वत्तृmत्वकला प्रतियोगितामा ओख्लेदह आधारभुत विद्यालयका प्रमोद विक विजेता र अग्लुङ्ग माध्यमिक विद्यालयका सन्देश विष्ट उपविजेता बन्नुभयो ।
नृत्य प्रतियोगितामा हरि स्मृती युवा क्लब प्यूठान प्रथम, आयोजक द सनराईज युथ क्लब दोस्रो, मेरिना अर्याल तेस्रो र थ्री स्टार मथुरा युवा क्लब सान्त्वना भएका छन् । घैटोफोरमा शिशिर विष्ट विजयी हुनुभयो । पुरुष रस्साकस्सामा धन बहादुर चन्दको टिम र महिला रस्साकस्सामा राधा बिष्टको टिम विजयी भएको छ ।
वृद्ध सम्मान कार्यक्रममा ७९ वर्षीय बल बहादुर विष्ट र उत्कृष्ट विद्यार्थी कार्यक्रममा ओख्लेदह आधारभुत विद्यालयका छात्र प्रशान्त चन्द, छात्रा आकृत्ति घर्ती सम्मानित हुनुभयो । वार्षिकोत्सवलाई सफल बनाउन सहयोग गर्नुभएका सहयोगदातालाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच