काठमाडौं । गुञ्जन (नारी साहित्यिक संस्था)ले साहित्यकार राधेश्याम लेकालीलाई ‘गुञ्जन साहित्य पुरस्कार २०८०’बाट सम्मानित गरेको छ । ‘गुञ्जन’की अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एल बी क्षेत्री, वरिष्ठ कवि द्वारिका श्रेष्ठ र वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठले नगद दश हजार राशीसहित लेकालीलाई सो सम्मान अर्पण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एल बी क्षेत्रीले ‘नारीवाद’ विषयमा आफ्नो धारणा राख्नुभएको थियो । संस्थाकी महासचिव सुस्मिता नेपालले सञ्चालन गरेको सो कार्यक्रममा साहित्यक व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच