
वीरगञ्ज । वीरगञ्जको क्रिकेट मैदानको स्तरोन्नति सुरु गरिएको छ । नारायणी रंगशाला परिसरमा अवस्थित क्रिकेट मैदानको स्तरोन्नति सुरु गरिएको हो । नेपाल क्रिकेट संघले आगामी डिसेम्बरदेखि जनवरीसम्म मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा दुई दिवसीय एलिट कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेसँगै वीरगञ्जको क्रिकेट मैदान पिच तथा स्तरोन्नतिको काम अघि बढाइएको हो ।
एलिट कपमा मधेश प्रदेश, बागमती, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले सम्भावित एलिट कपलाई लक्षित गरेर वीरगञ्ज क्रिकेट मैदानको स्तरोन्नति थालिएको बताउनुभयो ।
नेपाल क्रिकेट संघमा आबद्ध बंगलादेशका क्युरेटर एमडी अब्दुल अल मनुको नेतृत्वमा क्रिकेट मैदानमा पिच तयार पार्ने काम भइरहेको छ । मधेश प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठले मधेश क्रिकेटको उर्वर भूमि भए पनि पूर्वाधार कमजोर रहेको बताउनुभयो । उहाँले राज्यले मधेश प्रदेशमा क्रिकेटको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो । विसं २०४२ सालमा स्थापना भएको नारायणी रंगशाला १८ बिघा क्षेत्रफलमा फैलिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच