
काठमाडौं । एनएजली इन्स्योरेन्स कम्पनीको साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले चुक्ता पुँजीको १० सेयर बराबर ६.२५६ सेयर अनुपात अर्थात् ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले नेपाल बिमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनी सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/०८० को बोनस सेयर वितरण कायम हुने गरी चुक्ता पुँजी एक अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८.९७ रुपैयाँको ६२.५६ प्रतिशत अर्थात् १००ः६२.५६ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो । एनएलजीको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल मार्केट रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच