माेटरसाइकल दुर्घटनामा एककाे मृत्यु

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालीकाेट । बाजुराकाे जगन्नाथ गाउँपालिका-५ भुकाखाेलामा गएराती माेटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालीकाेटकाे सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर-८ मुम्राका स्थानीय अन्दाजी वर्ष ३० का खेम बुढा रहेको बताइएकाे छ ।

कालीकोटदेखि बाजुराकाे जगन्नाथ गाउँपालिका वडा नम्बर-४ नाराकाेट बस्ने ३७ वर्षीय मामा नाता पर्ने खडक भण्डारीलाई लिफ्ट दिएर फर्किने क्रममा हिल्सा-खुलालु कर्णाली करिडोरअन्तर्गत बाजुराकाे भुकाखाेलामा बाइक दुर्घटनामा परि बुढाकाे मृत्यु भएको हाे ।

कर्णाली प्रदेश ०२-००२ प ४८१ नम्बरको मोटरसाइकल बुधबार राति ९:५० बजे अनियन्त्रित भई दुर्घटना भएको र दुर्घटनामा जगन्नाथ गाउँपालिका-४ का खड्क भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु भएका बुढाको घटनास्थलबाट पोष्ट मार्टमका लागि कालीकोट जिल्ला अस्पताल पठाइएको र घाइते भएका मृतकका मामा भण्डारीलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार पश्चात् अनुसन्धानका लागि जगन्नाथमा रहेकाे जुड्डी प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?