पूर्व उपप्रधानमन्त्री गच्छदारसँग सिआइबीले लियो बयान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग बयान लिएको छ । सोमबार साँझ सीआईबीको टोलीले गच्छदारसँग बयान लिएको हो ।

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा २०७६ माघ २२ गते दायर गरेको मुद्दामा पनि गच्छदारलाई अभियुक्त बनाइएको छ । उनलाई ९ करोड ६५ को बिगो दाबी गरिएको थियो ।

कांग्रेसका पूर्व उपसभापतिसमेत रहनुभएका गच्छदारसहित १७५ जनाविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ । मुद्दा दायर भएपछि लुकेर बसेका गच्छदार सरकार परिवर्तन भएपछि विशेष अदालतमा उपस्थित भएका थिए । उनलाई अदालतले २०७८ असार ३० मा १० लाख रुपैया धरौटीमा रिहा गरेको थियो ।

गच्छादार उपप्रधान तथा भौतिक योजनामन्त्री हुँदा नक्कली मोही खडा गरिएको प्रस्ताव मन्त्रिपरिषदमा लगेको अभियोग छ । त्यस समयमा दीप बस्न्यात सो मन्त्रालयका सचिव थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त समेत रहेका बस्न्यातविरुद्ध पनि विशेष अदालतमा मुद्दा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?