
काठमाडौं । आज साँझ मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको छ ।
साँझ ५ बजे बस्ने यो नियमित बैठक हो ।
यसअघि सोमबार बस्ने भनिएको बैठक एक्कासी स्थगित् भएको थियो । सो बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चा थियो । तर, सरकारले तत्काल अध्यादेश नल्याउने भनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि तत्काल अध्यादेश ल्याउने सरकारको सोच नभएको स्पष्ट पारिसक्नुभएको छ ।
समाचार स्रोतका अनुसार आजको बैठकले मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल तथा निर्णयसँगै वरिष्ठ सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गर्नेछ ।
मंगलबार लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव विष्टको नाम सिफारिस गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच