दाङ ।लमही नगरपालिका -२ रनियाँपुरका तीन जना बालिकाहरुको राप्ती नदिमा डुबेर मृत्यु भएको छ ।
लमही नगरपालिका -२ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ कि निशा चौधरी, गढवा गापा-४ खडकपुर हाल लमही नगरपालिका -५ लमही गल्ली बस्ने वर्ष १२ कि कृष्टी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिनुभयो ।
मृतक कृष्टी चौधरीले गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा, झरना चौधरीले राप्ती गाउँपालिकाको पत्थर गढवास्थित रहेको मार्टिन एकेडेमी कक्षा ४ मा र निशाले सोही विद्यालयको कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थी हुन् ।
दिउँसो राप्ती नदीमा नुहाउने क्रममा डुबेर उनिहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच