
काठमाडौं । बहराइनको मानामामा जारी आइएसएफ जिम्नासाइडको टेबल टेनिसमा नेपालले महिला टिम इभेन्टमा साउदी अरेबियालाई पराजित गरेको छ । बहराइन नेसनल स्टेडियमस्थित इसा स्पोर्ट्स सिटी हल ‘बी’ मा ९ देखि १३औँ स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरेबियालाई ४-१ ले पराजित गर्यो ।
जितसँगै नेपालले सोमबार ९ देखि ११औँ स्थानका लागि युगाण्डा वानसँग खेल्ने छ । यो खेल जितेमा नेपालले पुनः ९ देखि १० औँ स्थानका लागि खेल्ने अवसर पाउनेछ । नतिजा अनुकूल नआएमा नेपाल ११औँ स्थानमा रहनेछ ।
महिला टिम इभेन्टमा नेपालले समूह चरणमा इंग्ल्याण्ड, अजरवैजान, इटाली र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गरेको थियो । नेपाल इंग्ल्याण्डसँग ४-३, अजरवैजानसँग ५-२, इटालीसँग ५-२ र चाइनिज ताइपेईसँग ७-० ले पराजित भएको थियो । महिला टिममा नेपालबाट इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेलिरहनुभएको छ ।
महिलामा नेपालले सिंगल्स स्पर्धामा पनि प्रतिस्पर्धा गर्नेछ । पुरुषमा जेविश बुर्लाकोटी र आशिष महताले पनि सिंगल्समा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच