गठबन्धनका उम्मेदवार जिताउन साहित्यकारदेखि गायकसम्म भोजपुरमा

Read Time = 5 mins

-निरोज कोइराला
भोजपुर, २९ कार्तिक । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा चुनावी सरगर्मी बढी रहदाँ गठवन्धन दलका उम्मेदवारलाई बिजय गराउन साहित्यकार देखि गायकसम्मको टोली भोजपुर आई पुगेको छ ।

गठवन्धन सहितका दलका उम्मेदवार सहित नेता कार्यकर्ता चुनावी अभियानका लागि जिल्लाको गाउँ गाउँ पुगी रहदाँ गठबन्धनका उम्मेदवारलाई विजयी गराउन बौदिक ब्यक्तित्व, ख्याती प्राप्त साहित्यकार तथा कलाकारको टोली भोजपुर आएर गठबन्धनका उम्मेदवारलाई मत माग्न थालेका हुन । योजना आयोगका पुर्व सदस्य डा. शिबकुमार राई, भुपू. गोर्खा सैनिक संघ गेसोका अध्यक्ष कृष्ण कुमार राई, उपाध्यक्ष मनिकुमार राई, बरिष्ठ कवि तथा गीतकार भुपाल राई, मदन पुरस्कार बिजेता बरिष्ठ आख्यानकार तथा गीतकार राजन मुकारुङ्ख, संगीतकार पारस मुकारुङ गायक भिषण मुकारुङ, गीतकार शुभ मुकारुङ, गायिका बबिना राई, गायक तथा हास्यकलाकार हिरण राई, गायक रबिन्द्र राई लगायतको टोली गठवन्धन दलका उम्मेदवारले जित्नु पर्ने भन्दै भोजपुर आएका हुन ।

भोजपुरे जनताले बिकास र समृद्धिको बाटोमा लाग्ने जुझारु उम्मेदवारहरु अघी सारेको कारण ती उम्मेदवारका पक्षमा मत माग्न भोजपुर आएको उनीहरुको भनाई छ । उनीहरुले गीत संगीत, कबिता, लेख, बिभिन्न सामाजिक संञ्जालहरुको माध्यमबाट मत माग्दै उनीहरु अहिले भौतिकरुपमा नै जनताको घर दैलोमा पुगी गठबन्धनका उम्मेदवारहरुलार्इृ मतदान गर्न आह्वान गरि रहेका छन् ।
लोकप्रिय गायक रुप कुमार राई भन्छन, “गठवन्धन दलका तर्फबाट प्रतिनिधीसभाका लागि उम्मेदवार बनेका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुदन किराँतीको बैचारिक तथा कुसल नेतृत्वले जिल्लामा मात्र नभएर देशले समेत क्षमतावान ब्यक्तित्व पाएकाले उहाँ सहित गठवन्धन दलका उम्मेदवार बिजयी हुनु आवश्यक छ ।”

गठवन्धनका उम्मेदवार किराती सहितको टिमका नेताहरु बिजयी भएमा युवाको नेतृत्व समेत हुने र जिल्लाको पनि बिकास हुने भएकाले आफुहरु समेत मत माग्नका लागि जिल्ला आएको गायक तथा कलाकारहरुको धारणा रहेको छ । गठवन्धनमा युवा सहितको टिम भएकाले त्यसमा रहेका उम्मेदवारलाई जिताउन आवश्यक रहेको गायक तथा संगीतकार कन्काईस्ट राईले बताए ।
भोजपुरको मात्र नभई देशकै लागि गतिलोे खम्बाकोरुपमा आवश्यक पर्ने नेता गठवन्धनमा रहेकाले आफुहरु पनि अहिले गाउँघरमा मतदाताका बिचमा पुगेको कलाकारहरुको भनाई छ । भोजपुरमा गठवन्धन दलका तर्फबाट प्रतिनिधिसभाका लागि सुदन किराती, प्रदेशसभा (क) का लागि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र प्रदेशसभा (ख) तर्फ कांग्रेस भोजपुर सभापति बिनोद राई उम्मेदवार बनेका छन भने नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभाका लागि प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राई, प्रदेशसभा (क) का लागि केन्द्रिय सदस्य हरिबहादुर र प्रदेशसभा (ख) मा प्रदेश कमिटि सदस्य खडगबहादुर कार्की चुनावी प्रतिस्पर्धामा छन ।

भोजपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि १२, प्रदेशसभा (क) मा सात र प्रदेशसभा (ख) मा छ जना गरी २५ जना चुनावी मैदानमा छन । भोजपुरमा ६४ हजार एक सय २५ जना पुरुष, ५९ हजार दुई सय ५३ महिला र अन्य एक गरी कुल एक लाख २३ हजार तीन सय ७९ जना मतदाता छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?