
झापा । झापाको बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष गोपाल भनिने डिल्लीप्रसाद ओली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । उनी पक्राउ परेको एक महिनापछि मुद्दा दायर भएको हो ।
भारतीय नागरिक अमरनाथ चौहानसँग ८० हजार घुससहित असोज ८ गते बिर्तामोडबाट पक्राउ परेका ओलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ । उनी असोज ८ गतेदेखि नै स्वत : निलम्बनमा परेको थिए ।
कानुन विपरीत जग्गा रजिस्ट्रेसनका कागजात मिलाइदिने भन्दै वडाध्यक्ष ओलीले बिर्तामोड बोलाएर भारतीय नागरिक चौहानसँग ८० हजार घुस लिएका थिए । ओलीलाई घुस लिँदालिँदै रङ्गेहात पक्राउ गरेर स्थानीयले इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएका थिए ।
सोही दिन इप्रका बिर्तामोडले र चौहानलाई परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीलाई बुझाएको थियो । अख्तियारका अनुसन्धान अधिकृत ज्ञानमञ्जरी शर्माले सोही बेला सूचना निकालेर वडाध्यक्ष ओली निलम्बनमा परेको जनाउनु भएको हो ।
अधिकृत शर्माले त्यसबेला निकालेको सूचनामा लेखिएको थियोे , " अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम स्वत: निलम्बनमा रहने कानुनी प्रावधान रहेकाले वडाध्यक्ष ओली निलम्बनमा परेका छन् ।"
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६ को उपदफा ४ बमोजिम विशेष अदालत काठमाडौँबाट म्याद थप गरी र वडाध्यक्ष ओलीलाई थुनामा पठाइएको थियोे । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ बमोजिम आवश्यक प्रक्रिया अघि बढाई सम्बन्धित वडा कार्यालयले कार्यसम्पादनका लागि अर्को व्यवस्था गरिसकेको छ ।
सार्वजनिक पद धारण गरेका राष्ट्रसेवकले अधिकार दुरुपयोग गरेको र थुना परेको अवस्थामा ऐनको सो दफा आकर्षित हुन्छ । घुस लिने वडाध्यक्ष ओली र घुस दिने चौहानलाई इप्रका बिर्तामोडले अख्तियारको क्षेत्रीय कार्यालय इटहरीलाई बुझाएको थियोे ।
गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित ओली ६८ वर्षीय व्यक्ति हुन् । झापाका १३१ वडा मध्ये ओली सबैभन्दा जेठा वडाध्यक्षसमेत हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच