जुम्ला । जुम्लाको तिला गाउँपालिकाको आयोजनामा सञ्चालन भएको दोस्रो उपाध्यक्ष कपअन्र्तगत पालिकास्तरीय भलिबल प्रतियोगितामा तिला गाउँपालिका–१ रारा प्रथम भएको छ । उक्त वडाको सीता माविमा भएको फाइनल खेलमा वडा नंं.४ लाई हराउँदै वडा नंं. १ उपाध्यक्ष कप प्रतियोगितामा विजेता भएको वडाध्यक्ष जंगबहादुर बस्नेतले जानकारी दिनुभयो ।
त्यस्तै पुरुष भलिबल प्रतियोगितामा द्वितीयमा वडा नंं .४ र तृतीय स्थानमा वडा नंं. ८ भएको छ । प्रतियोगिताको प्रथम विजेताले ७० हजार र ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । दोस्रो हुनेले ४० हजारसहित मेडल, प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै तेस्रो हुनेले २७ हजार र मेडल, प्रमाणपत्र प्राप्त गरेको तिला गाउँपालिका निमित्त प्रमुख प्रमुख प्रशासकीय अधिकृृत जगबहादुर बस्नेतले जानकारी दिनुभयो । यसैगरी उत्कृष्ट खेलाडी वडा नं. १ का राजेन्द्र बुढालाई कदर पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
पालिकामा भलिबल खेलमा नयाँ खेलाडी उत्पादन, खेलाडीको विकास र खेलको विस्तारका लागि उपाध्यक्ष कार्यक्रमको ६ लाख बजेटबाट सांस्कृतिक तथा खेलकुद प्रतियोगिता आयोजना गरिएको उपाध्यक्ष गोरीकला बुढाको भनाइ छ । खेल क्षेत्रलाई विकास र राष्ट्रियस्तरमा खेलाडी उत्पादन गर्नका लागि पाालिकाले खेलकुदलाई महत्व दिएर काम गरेको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो ।
यस्तै, महिला देउडा प्रतियोगितातर्फ वडा नं. ६ प्रथम, वडा नंं. ४ दोस्रो र वडा नं. १ तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २७ हजार, २० हजार र १३ हजार पुरस्कार प्रदान गरेको तिला गाउँपालिकाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच