एजेन्सी । चर्चित भारतीय वेब सिरिज ‘मिर्जापुर’ मा आधारित रहेर चलचित्र निर्माण हुने भएको छ । हालै ‘मिर्जापुर’ सिजन ३ को सफलतापछि अमेजन एजिएम स्टुडियोज र एक्सेल इन्टरटेनमेन्टले चलचित्र बनाउने घोषणा गरेका हुन् ।
‘मिर्जापुर यसको रोचक पात्र, अविस्मरणीय संवाद र आकर्षक कथाका कारण आजको सबैभन्दा लोकप्रिय फ्रेन्चाइज भएको छ । हामी हाम्रा दर्शकको प्राथमिकताअनुरूपका सामग्री सिर्जना गर्नमा गर्व गर्छौं । मिर्जापुरको बढ्दो लोकप्रियतालाई आत्मसात गर्दै हामी यो फ्रेन्चाइजलाई थिएटरमा ल्याउन उत्सुक छौँ,’ प्राइम भिडियोका कन्टेन्ट प्रमुख मनिष मेन्घानीले भन्नुभएको छ ।
पुनित कृष्ण निर्माता रहेको यस चलचित्रलाई गुरमीत सिंहले निर्देशन गर्दै हुनुहुन्छ । चलचित्रमा मिर्जापुर सिरिजकै चर्चित पात्रहरू कालिन भैया (पंकज त्रिपाठी), गुड्डु पण्डित (अली फजल) र मुन्ना त्रिपाठी (दिव्येन्दु)सहित अभिषेक वनर्जी मुख्य भूमिकामा देखिनुहुनेछ । क्राइम थ्रिलर जनरामा बन्ने यो चलचित्र सन् २०२६ मा सिनेमा घरमा ल्याइने बताइएको छ ।
सिनेमा हलमा रिलिज भएको आठ हप्तापछि यो चलचित्र प्राइम भिडियोमा स्ट्रिमिङ हुनेसमेत बताइएको छ । २४० भन्दा बढी देशहरूबाट प्राइम सदस्यहरूले हेर्न पाउनेछन् ।
चर्चित मिर्जापुरको पहिलो सिजन नोभेम्बर २०१८ मा र दोस्रो सिजन अक्टोबर २०२० मा रिलिज भएको थियो । २०२४ मा रिलिज भएको शोको तेस्रो सिजनले पनि निकै चर्चा बटुलेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच