कम्युनिष्ट पार्टीलाई परिवर्तनको संवाहकको रुपमा जनताले विश्वास गरेका छन् : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा लोकतन्त्र र गणतन्त्रको रक्षा कम्युनिष्ट पार्टीले मात्रै गर्नसक्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कम्युनिष्ट पार्टीहरुले लोकतन्त्रको पनि संवाहकको रुपमा आफ्नो स्थान बनाएको बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीलाई परिवर्तनको संवाहकको रुपमा जनताले विश्वास गरेको बताउनु भयो । उहाँले नेपाल समाजवादी क्रान्तीको चरणमा प्रवेश गरेको पनि बताउनु भयो ।

उहाँले अब समाजवादी क्रान्तीको कार्यक्रम आवश्यक भइसकेको बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीहरुमा अहिले व्यक्तिवाद हाबी भएको बताउनु भयो । उहाँले नेपालको राजनीतिमा कम्युनिष्ट आन्दोलनभित्र पनि भ्रष्टीकरणको प्रवृत्ति सबैभन्दा प्रमुख समस्या बनेको बताउनु भयो । उहाँले भ्रष्टीकरणका बिरुद्धमा नजुद्धेसम्म र जनतालाई केन्द्रबिन्दुमा राखेर देशलाई अघि बढाउने कुरामा नलागेसम्म देश बन्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब समाजवादी क्रान्तीको चरणमा हामी प्रवेश गरेका छौँ । त्यसअर्थमा समाजवादी क्रान्तीको कार्यक्रम आवश्यक छ । त्यो कार्यक्रम हामीले बहस गरेर अघि सारेका छौँ । त्यो नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ ? बहस गरौँ । हामी समाजवादका कुराहरु गरिरहेका छौँ । तर नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ ? अरु समाजवादी मुलुकको जस्तो हुँदैन । हाम्रो देशको आफ्नै विशेषता छ । यो विशेषतालाई ध्यानमा राखेर हामी समाजवादको आफ्नो मोडेल अघि सार्नुपर्छ । यो बहस र छलफलको विषय बन्नुपर्छ । कम्युनिष्ट पार्टीले यहाँ अवसरहरु पाएको छ । र भुमिका पनि खेलेको छ । त्याग, तपस्या, बलिदान्को कीर्तिमान नै कामय गरेको छ । कीर्तिमान कायम गरेको चिज नै हाम्रो पुँजी पनि हो । तर हिजोआज अहिले चरम रुपमा व्यक्तिवाद हाबी भएको छ । स्वार्थी प्रवृत्ति हाबी भएको छ । मलाई, मपाईं प्रवृत्ति म भन्ने प्रवृत्ति हाबी भएको छ । मैले के पाएँ भन्ने छ । नेपालको राजनीतिमा पनि र कम्युनिष्ट आन्दोलनभित्र पनि भ्रष्टीकरणको प्रवृत्ति सबैभन्दा प्रमुख समस्या हो । जबसम्म यो भ्रष्टीकरणका बिरुद्धमा जुध्दैनौँ हामी, जबसम्म हामी यो भ्रष्टाचारका बिरुद्धमा जुध्दैनौँ, जबसम्म जनतालाई केन्द्रबिन्दुमा राखेर देशलाई अघि बढाउने कुरामा चल्दैनौँ हामी, तबसम्म जनताको विश्वास मिल्दैन । कम्युनिष्ट पार्टीहरुले लोकतन्त्रको पनि संवाहकको रुपमा आफ्नो स्थान बनाएको छ । लोकतन्त्रको रक्षा नेपालमा, गणतन्त्रको रक्षा कम्युनिष्टहरुले मात्रै गर्नसक्छन् भन्ने विश्वास छ । अरु पनि होलान् । उनीहरुलाई पनि साथमा लिनुपर्छ । कम्युनिष्ट पार्टीलाई परिवर्तनको संवाहकको रुपमा विश्वास गरेका छन् ।’

अध्यक्ष नेपालले समाजवादी क्रान्तीको विषय अब बहस र छलफलको विषय बन्नुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?