काठमाडाैं । अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा ग्यास कारखानामा भएको आगलागीमा परी ६ जनाको ज्यान गएको छ । साथै अन्य नौ जना घाइते भएका छन् ।
काबुल शहरको पश्चिममा रहेको पघमान जिल्लाको काला-ए-हैदर खान क्षेत्रमा रहेको ग्यास कारखानामा आगलागी भएको हो । आन्तरिक मामिला मन्त्रालय अन्तर्गतको प्राकृतिक प्रकोप तथा अग्नि नियन्त्रक विभागका प्रमुख नुरल्लाह अन्सारले छ जनाको मृत्यु भएको र नौ जना घाइते भएको पुष्टि गर्नुभयो ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको र आर्थिक क्षतिको विवरण भने नआएको स्रोतले जनाएको छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच