बाँके । बाँकेमा झाडा पखालाबाट एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना विरामी भएका छन । बाँकेको खजुरा गाउँपालिका ५ बसन्तपुरमा एकै घरका ६ जनालाई झाडावान्ता भएको थियो ।
१८ गते बेलुकी भएको झाडावान्ताका कारण ६५ वर्षिय केशवराम अहिरको मृत्यु भएको खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुशिल थापामगरले हिमालय टाइम्सलाई जानकारी दिनु भयो । उहाँका अनुसार विरामी अन्य ५ जनाको स्वास्थ्य अवस्था सुधार भएको छ ।
झाडापखालको भएको खवर पाएलगत्तै स्वास्थ्य सस्थामा लैजाने क्रममा अहिरको मृत्यु भएको थापाले बताउनु भयो ।
झाडा पखालाका कारण ५५ वर्षीया चौरासिया यादव, २६ वर्षीय भुवन्तु यादव, ३५ वर्षीया जीना यादव, १४ वर्षीय जसमन यादव र ६ वर्षीय अमृत यादव बिरामी परेका छन् ।
थापाका अनुसार १८ गते राती खाना खाएर सुतेका अहिर परिवारलाई फुडपोइजन भएको थापाले बताउनु भयो । अहिले सो क्षेत्रमा स्वास्थ्यकर्मि खटाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच