काठमाडौं । आँधीहुरीको सम्भावनासँगै आइसिसी विश्वकप लिग-२ मा नेपाल र स्कटल्याण्डबीचको खेल रद्द भएको छ । ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । जसका कारण खेल स्थगित भएको हो । योसँगै दुवै टोलीले एक-एक अंक बाँडेका छन् । लिग टु मा नेपालले वर्षाका कारण अंक बाँडेको यो दोस्रोपटक हो ।
यसअघि क्यानडा भ्रमणमा पनि नेपालले वर्षाकै कारण ओमानसँग अंक बाँडेको थियो । घरेलु टोली अमेरिकासँग दोस्रो खेलमा पनि पराजित भएको नेपाल जितका साथ सिरिज अन्त्य गर्ने लक्ष्यमा थियो । शृंखलामा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको थियो । तर, घरेलु टोली अमेरिकासँग भने नेपाल तीन विकेट र ३७ रनले पराजित भएको थियो ।
लिग टु का १२ खेल खेलिसकेको नेपालले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । १२ खेलमा ६ अंक जोडेको नेपाल सातौँ स्थानमा छ । स्कटल्याण्ड १४ अंकका साथ तेस्रो स्थानमा छ । १२ खेलमा १६ अंकका साथ अमेरिका तालिकाको शीर्ष स्थानमा छ । नेपालभन्दा पछि युएईमात्र छ । युएईले नौ खेलमा दुई खेल जित्दै चार अंक जोडेको छ । नेपालले अब लिग २ मा २०२५ मेमा स्कटल्याण्डमा गएर खेल्नेछ । सिरिजमा नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच