इजरायल । इजरायलले प्यालेस्टिनी शरणार्थीका लागि सहयोग गर्ने गाजास्थित राष्ट्रसंघीय निकाय (युएनआरडब्लुए) सँग सम्बन्ध तोड्ने निर्णय औपचारिक रूपमा संयुक्त राष्ट्र संघसमक्ष पेश गरेको छ । इजरायली विदेश मन्त्री इजरायल काट्जको निर्देशनमा, विदेश मन्त्रालयले इजरायल र यूएनआरडब्लुएबीचको सम्झौता रद्द भएको संयुक्त राष्ट्रलाई सूचित गरेको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।
विदेशमन्त्री काट्जले युएनआरडब्लुएका कर्मचारीहरूले गत अक्टोबरको नरसंहारमा भाग लिएको दाबी गर्दै उनीहरूलाई हमासका कार्यकर्ता तथा गाजापट्टीको समस्याको हिस्साको रूपमा व्याख्या गर्नुभएको छ । यद्यपि कुनै प्रमाण भने पेस गएिको छैन ।
इजरायली संसद्ले गत महिना इजरायल र पूर्वी जेरुसेलममा युएनआरडब्लुएलाई प्रतिबन्धित गर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो । उक्त कार्यको इजरायलको सहयोगी अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा भएको थियो । प्यालेस्टिनी क्षेत्रहरूमा शरणार्थीलाई सात दशकभन्दा बढी समयदेखि आवश्यक सहायता प्रदान गर्ने राष्ट्रसंघीय एजेन्सीको प्रतिबन्ध कार्यान्वयन गरियो भने गाजामा थप मानवीय संकट थपिने विज्ञहरूले जनाएका छन् ।
यद्यपि, काट्जले उक्त तर्कलाई अस्वीकार गर्दै यूएनआरडब्लुएले गाजामा सहयोगको केहि अंशमात्र पु¥याइरहेको बताउनुभयो । इजरायल अन्तर्राष्ट्रिय कानुनप्रति प्रतिबद्ध रहेको जिकिर गर्दै काट्जले इजरायली नागरिकको सुरक्षालाई असर नगर्ने गरी गाजापट्टीमा मानवीय सहायतालाई सहज बनाउने बताउनुभएको छ ।
युएनआरडब्लुए र अन्य मानवीय संस्थाहरूले इजरायली अधिकारीलाई गाजामा सहायता प्रवाह प्रतिबन्धित गरेको आरोप लगाएका छन् । गाजामा रहेका करिब २४ लाख मानिस युद्धको समयमा कुनै न कुनै रूपमा विस्थापित भएका छन् । रासस ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच