काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)को सञ्चार तथा सूचना प्रविधि (आइसिटी) उपसमिति सदस्यमा मनोनीत हुनुभएको छ । नास्टको व्यवस्थापन परिषद्को ३०७औँ बैठकको निर्णयअनुसार विभिन्न उपसमिति पुनर्गठन गर्दै आइसिटी समितिमा अधिकारीलाई मनोनयन गरेको हो । उपसमितिको संयोजकमा प्रा.डा. सुवर्ण शाक्य, सदस्यमा चिरञ्जीवी अधिकारीसहित प्रा.डा. मनिष पोखरेल, डा. बाबुराम दवाडी, डा. भोजराज घिमिरे र गुणकेशरी प्रधान रहेका छन् भने प्रदीप ढोडारी सदस्य-सचिवको भूमिकामा रहनुभएको क्यानले जनाएको छ ।
नास्टले विभिन्न विषयगत वैज्ञानिक उपसमिति गठन गर्दै आएको छ । आइसिटी उपसमिति प्रविधि क्षेत्रमा महत्वपूर्ण निर्णय र सुधारका लागि एक महŒवपूर्ण मञ्चका रूपमा रहने बताइएको छ । समितिमा मनोनीतसँगै अधिकारीले आफ्नो विज्ञताअनुसार प्रविधि क्षेत्रको उत्थानमा कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । अधिकारी सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इन्नोभेसनका निवर्तमान अध्यक्ष र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष हुुनुहुन्छ ।
क्यानका अनुसार विगत दुई दशकदेखि साइबर सुरक्षा विषयमा प्राध्यापनसमेत गर्दै आउनुभएका अधिकारी हाल सफ्टवरिका कलेज र टेक्सास कलेजमा अध्यापन गराउँदै आउनुभएको छ । उहाँले प्राविधिकरूपमा विभिन्न ग्लोबल सर्टिफिकेटका साथै आइटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्वपूर्ण विषयमा काम गर्नुभएको छ । अधिकारीले आइसिटी क्षेत्रमा युवा तथा स्टार्टअप मुद्दालाई प्राथमिकतासाथ उठाउँदै आउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच