काठमाडौं । अमेरिकामा जारी राष्ट्रपति चुनावको मतगणनामा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प जितनजिक पुग्नु भएको छ ।
सन् २०१६ मा पहिलो कार्यकाल राष्ट्रपति बन्नुभएका उहाँ सन् २०२० मा डेमोक्रेटिकका जो बाइडनसँग पराजित हुनुभएको थियो । तर उहाँले तेस्रो पटकको प्रतिस्पर्धामा राष्ट्रपतिको कुर्सीमा फर्किने करिब निश्चित गर्नुभएको छ ।
अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीले बहुमत हासिल गरेको छ । निर्वाचनको मत परिणाम आउनेक्रममा सय सिटको सिनेटमा रिपब्लिकनका ५१ सिनेटर विजयी भएका हुन् ।
त्यस्तै डेमोक्रेटले अहिलेसम्म ४२ सिट जितेका छन् । अहिलेसम्म रिपब्लिकनले डेमोक्रेटले अघिल्लो निर्वाचनमा जितेका २ सिटमा विजयी हुदै सिनेटमा बहुमत हासिल गरेका हुन् ।
रिपब्लिकन पार्टीले अघिल्लो चुनावमा डेमोक्रेटले जितेका वेस्ट भर्जिनिया र ओहाओमा जित हासिल गरेका हुन् ।
अघिल्लो चुनावमा दुवै दलले ४९–४९ सिट जितेका थिए । त्यसैगरी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभमा भने रिपब्लिकनले अहिलेसम्म १८३ र डेमोक्रेटले १५५ सिट जितेका छन् । ५३५ सदस्यीय तल्लो सदनमा बहुमतका लागि २१८ सिट आवश्यक पर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच