टोकियो । विश्वकप छनोटअन्तर्गत जापान र उत्तर कोरियाबीचको खेल स्थगित भएपछि जापानलाई विजेता घोषणा गरिएको छ । उत्तर कोरियाको प्योङयाङमा गत मंगलबार हुनुपर्ने खेल उत्तर कोरियाले अन्तिम समयमा स्थगित गरेको थियो । तर, उत्तर कोरियाले खेल रद्द गर्नुको कुनै कारण भने दिएको थिएन ।
खेल स्थगित भएपछि विश्व फुटबलको सञ्चालक निकाय फिफाले जापानलाई यो खेलमा ३-० ले विजेता घोषित गरेको छ । एसिया विश्वकप छनोटको समूह ‘बी’ मा रहेको जापान नौ अंकसहित शीर्ष स्थानमा रहेको छ भने यस समूहमा रहेको सिरिया चार खेलमा सात अंकसहित दोस्रो, उत्तर कोरिया तीन खेलमा तीन अंकसहित तेस्रो र म्यानमार चार खेलमा एक अंकसहित चौथो स्थानमा रहेका छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच