मनाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिनुभएको छ ।
सञ्चारमन्त्री गुरुङले आज जिल्ला हुलाक कार्यालयको अनुगमन गर्दै जिल्लाका सबै क्षेत्रसम्म सञ्चार सेवा सहज बनाउन निर्देशन दिनुभएको हो । सो अवसरमा उहाँले टेलिफोन नेटवर्कका बारेमा स्थानीयको रायसुझाव लिनुभएको थियो ।
यसैगरी जिल्लास्थित सरकारी कार्यालयहरुको अनुगमनपछि सञ्चारमन्त्री गुरुङले बेँसीसहर-चामे सडक निर्माणलाई तीव्रता दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हरेक क्षेत्रका व्यक्ति सञ्चार सेवाबाट वञ्चित हुनु हुँदैन, हुलाक र टेलिकम सेवालाई सहज बनाउन आवश्यक छ ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच