काठमाडौं । ड्रेस डिजाइनरका रूपमा आफूलाई अब्बल रूपमा प्रस्तुत गर्दै आएको नाम हो मदनलाल श्रेष्ठ । नयाँ-नयाँ डिजाइनमा सानैदेखि लगाव राख्ने उहाँ पछि यही क्षेत्रमा हेलिँदै जानुभयो । यस सम्बन्धी सिकेर यो क्षेत्रमा आफू लागेको मदन बताउनुहुन्छ । काभ्रेको बनेपमा मानलाल श्रेष्ठ र सन्तमाया श्रेष्ठको ज्येष्ठ सुपुत्रका रूपमा जन्मिनुभएका मदन ड्रेसमा नयाँ–नयाँ डिजाइन क्रियशनमा आफूलाई संलग्न गराउँदै आउनुभएको छ ।
सामाजिक संघसंस्थामा पनि क्रियाशील मदन सामाजिक कार्य हरेक मान्छेको कर्तव्य भएको र आफूले पनि त्यही कर्तव्य निवार्ह गरेको बताउँनुहुन्छ । ड्रेस डिजाइन एक कला भएको बताउँनुहुने उहाँ पछिल्लो समय नेपालीहरूमा ड्रेसप्रति सचेत हुँदै गएको बताउँनुहुन्छ । ‘यो एक कला हो । डिजाइन र सौन्दर्य महसुस गर्ने कला हो । पछिल्लो समय हामीकहाँ पनि आफ्नो ड्रेसप्रति सचेतहरूको पंक्ति बढ्दै गएको छ,’ उहाँ बताउँनुहुन्छ ।
फेसन (ड्रेस) डिजाइनहरू सांस्कृतिक र सामाजिक व्यवहारबाट प्रभावित हुन्छन् र समय र स्थानमा परिवर्तन भएका छन् । फेसन डिजाइनरहरूले कपडा र सामानहरू डिजाइन गर्न विभिन्न तरिकामा काम गर्छन् । सुन्दर ढंगले पहिरनलाई आकर्षक बनाउँछ । यस्तो डिजाइन व्यक्तिगत र सामुहिक हुन्छ । विभिन्न फेशन शो र सौन्दर्य प्रतियोगिताका डिजाइन एवं व्यक्तिगत डिजाइन यसमा पर्ने मदन बताउँनुहुन्छ ।
‘फेसन डिजाइनरहरूले विभिन्न तरिकामा काम गर्ने बताउँनुहुने उहाँ फेसन डिजाइनरहरूले एकल फेसनका लागि पूर्ण–समय काम गर्न सक्छन्, जसलाई ‘इन-हाउस-डिजाइनरहरू’ भनिन्छ जसले डिजाइनहरूको स्वामित्व कायम राख्छ’, मदन यसका विषयमा बताउँनुहुन्छ । फ्रिलान्स डिजाइनरहरू आफ्नै लागि काम गर्ने र तिनीहरूका डिजाइन फेसन हाउस, सिधै पसलहरूमा वा कपडा निर्मातालाई बेच्ने गरेको उहाँ बताउँनुहुन्छ ।
फेसन डिजाइन सामान्यतया १९औं शताब्दीमा चाल्र्स फ्रेडरिक वर्थबाट सुरु भएको मानिन्छ, जो आफ्नो नामको साथ आफ्नो कपडा लेबल गर्ने पहिलो डिजाइनर हुनुहुन्थ्यो । फेसन आज एक विश्वव्यापी उद्योग बन्न गएको छ । र, फेसन उद्योगहरू सबै प्रमुख देशहरूमा अवस्थित छन् । फेसन डिजाइनरले विभिन्न अनुपात, रङ र स्पर्शको संयोजनको साथ कपडाहरूमा सिर्जना गर्ने मदन बताउँनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच